आमिर इंग्ल्याण्ड भ्रमणमा समावेश हुने
काठमाडौं । आफ्नो दोस्रो सन्तानको जन्मलाई लिएर इंग्ल्याण्ड विरुद्धको टी ट्वान्टी श्रृङ्खला टारेका तीव्र गतिका बलर मोहम्मद आमिर इंग्ल्याण्ड भ्रमणमा पाकिस्तानी टोलीमा समावेश हुने भएका छन ।
मोहम्मद आमिरकी श्रीमतिले जुलाइ १७ मै दोस्रो सन्तानको जन्म दिएका कारण आमिरले इंग्ल्याण्ड विरुद्धको टी ट्वान्टी श्रृङ्खला टारेका थिए। इंग्ल्याण्डविरुद्धको टी ट्वान्टी श्रृङ्खलाको पहिलो खेल अगष्ट २८ मा म्यान्चेष्टरमा सुरु हुनेछ । प्रमुख चयनकर्ता मिसबाह उल हकलाई हरिस रौफको स्थानमा मोहम्मद आमिरलाई राख्ने बाटो खुलेको छ ।
इंग्ल्याण्ड प्रस्थान गर्नुअघि सबै खेलाडीले कम्तीमा लगातार दुइ पटक कोभिड–१९ को परीक्षण गराउँदा रिपोर्ट निगेटिभ आउनुपर्ने मापदण्ड तोकिएको छ । तर रौफलाई पछिल्लो छ पटक परीक्षण गर्दा पाँच पटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको थियो । अर्को परीक्षण गर्नुअघि उनलाई दश दिनसम्म क्वारेन्टाइनमा बस्न सुझाइएको छ ।
उनी गत बुधबार नै इंग्ल्याण्ड प्रस्थान गर्ने तालिका रहेको थियो । अतिरिक्त विकेटकीपर रोहैल नाजिर पनि घर फर्किने छन । मोहम्मद रिजवान र सरफराज अहमद टेष्ट र टी ट्वान्टीका लागि पहिलो प्राथमिकताका विकेटकीपर हुन् ।
पाकिस्तानी क्रिकेट टोली गत् जुन २८ मा नै इंग्ल्याण्ड पुगिसकेको छ । श्रृङ्खला सुरु हुनुभन्दा केही साता अघि नै पाकिस्तानी टोली इंग्ल्याण्ड पुगेको हो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment