सिरी ए, ला लिगा र प्रिमियर लिगमा ५० गोल गर्ने रोनाल्डो पहिलो खेलाडी

डिसी नेपाल
६ साउन २०७७ १३:०५

काठमाडौं । युवेन्टसका स्टा्रईकर क्रिस्टियानो रोनाल्डो सिरी ए, ला लिगा र प्रिमियर लिगमा ५० गोल गर्ने पहिलो खेलाडी बनेका छन । उनले लाजियो बिरुद्व भएको खेलमा २ गोल गर्दै सन १९९५ पछि सिरी ए मा तिब्र गतिमा ५० गोल गर्ने खेलाडीको किर्तिमान पनि बनाएका छन । रोनाल्डो सन १९५२ पछि सिरी ए मा युवेन्टसका लागि एकै सिजनमा ३० गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन ।

सोमबार भएको खेलमा खेलको ५१ औं मिनेटमा युवेन्टसले पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै टिमलाई १–० को अग्रता दिलाए । लगतै ३ मिनेटमा उनले टिमको लागि दोस्रो गोल गर्दे २–० अग्रता बनाए । यो संगै रोनाल्डोले १९९४–९५ को सिजनमा ग्यूसेप सिग्नोरीको सिरी ए मा पेनाल्टी मार्फत १२ गोलको किर्तिमान बराबरी गरे । लाजियोका लागि सीरी इमोबाइलले खेलको ८३ औं मिनेटमा गोल गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *