आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिपको अंक तालिकामा ठूलो परिवर्तन

डिसी नेपाल
६ साउन २०७७ १४:३९

काठमाडौं । आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिप अन्तर्गत ईङल्यान्ड र वेस्टईन्डिज बिच जारी टेस्ट श्रंखलाको दोस्रो खेल आईतबार सकिएको छ । तिन टेस्ट सिरीजको दोस्रो खेलमा ईङल्यान्डले वेस्टईन्डिजलाई ११३ रनले पराजित गर्दै श्रंखला १–१ ले बराबरी गरेको छ । दोस्रो खेलबाट आएको नतिजाले आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिपको अंक तालिकामा ठूलो परिवर्तन भएको छ ।

ईङल्यान्डले दोस्रो खेलमा जित हातपार्ने बित्तिकै अंक तालिकामा ठूलो परिवर्तन हुने तय भएको थियो । आईसीसीले ईङल्यान्डले दोस्रो खेल जित्ने बित्तिकै अंक तालिकामा परिवर्तन गरेको हो । अंक तालिकामा भएको परिवर्तन संगै ईङल्यान्ड शिर्ष ३ मा पर्न सफल भएको छ ।

पहिलो खेल जितेर आठौ स्थानबाट सातौं स्थानमा उक्लिएको वेस्टईन्डिज टोली दोस्रो टेस्टमा ईङल्यान्ड संगको हारपछि सातौं स्थानमा यथावत रहेको छ । तर रनरेटको मामलामा वेस्टईन्डिज पाछाडि परेको छ । १८६ अंकका साथ ईङल्यान्ड तेस्रो स्थानमा उक्लिदा १८० अंकका साथ न्युजिल्यान्ड चौथो स्थानमा झरेको छ ।

अंक तालिका :

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *