आईपीएल यूएईमा हुने

डिसी नेपाल
६ साउन २०७७ २०:०४

काठमाडौं । सन् २०२० को ईण्डियन प्रिमियर लिग (आईपीएल) यूएईमा हुने भएको छ। आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष ब्रिजेस पटेलले आगामी आईपीएल यूएईमा हुने बताएको क्रिकईन्फाेले लेखेको छ। तर यसको औपचारिक घोषणा भने हुन बाँकी रहेको छ।

पटेलले यसको औपचारिक घोषणा अर्को बोर्ड बैठकपछि हुने बताए। यस्तै उनले आईपीएल कहिले हुने भन्ने पनि बताएका छैनन्। तर रिपोर्टका अनुसार २६ सेप्टेम्बर देखि ७ नोभेम्बरसम्म जम्मा ६० खेल हुने बताइएको छ। बीसीसीआईले टी–२० विश्वकपलाई लिएर आइसीसीले गर्ने निर्णय कुरेको थियो। आईसीसीले सोमबार यो वर्ष हुने टी–२० विश्वकपको मिति सारेपछि आईपीएलका लागि बाटो खुलेको पनि पटेलले बताए।

यस्तै पटेलले भारतीय सरकारसँग अनुमतिको लागि अपील गरेको पनि बताए। उनका अनुसार दुबई, अबुधाबी र शारजाह तीन मुख्य ठाउँमा आईपीइलका खेलहरु हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *