स्टोक्स पहिलो पटक नम्बर एकमा

डिसी नेपाल
६ साउन २०७७ २२:२२

काठमाडौं । ईङल्यान्डका बेन स्टोक्सले वेस्टईन्डिज बिरुद्वको दोस्रो टेस्टमा उत्कृष्ट प्रदर्शन गर्दै आईसीसीको ताजा वरियतामा टेस्ट नम्बर एक अलराउन्डर बनेका छन । यो स्थानमा यसअघि वेस्टईन्डिजका कप्तान जेसन होल्डर रहेका थिए । होल्डर पछिल्लो १८ महिना देखी यो स्थानमा रहन सफल भएका थिए ।

कोरोनाको प्रकोप पश्चात अन्तराष्ट्रिय क्रिकेट सुरु भएपछि स्टोक्सले उत्कृष्ट प्रदर्शन गर्दै आईरहेका छन । उनले वेस्टईन्डिज बिरुद्वको पहिलो टेस्टमा ६ विकेट लिदै ८९ रन बनाएका थिए । साथै सोमवार सकिएको दोस्रो टेस्टको दुबै पारीमा स्टोक्सले १७६ र अविजित ७८ रनको उत्कृष्ट पारी खेलेका थिए ।

म्यान्चेस्टर टेस्टको दोस्रो पारीमा स्टोक्सले ओपनरको रुपमा ईङल्यान्डका लागि सबैभन्दा तिव्र गतिमा अर्धसतक प्रहार गर्ने खेलाडीको किर्तिमान पनि बनाएका छन । अर्धसतक प्रहार गर्ने क्रममा उनले ३६ बलको सामना गरेका थिए । यो उनको टेस्ट करियरकै दोस्रो तिव्र गतिको अर्धसतक हो । यसअघि स्टोक्सले दक्षिण अफ्रिका बिरुद्वको टेस्टमा ३४ बलमा अर्धसतक बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *