राष्ट्रिय बक्सिङ प्रतियोगिता रद्द

डिसी नेपाल
६ साउन २०७७ २२:४०

काठमाडौं । वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता रद्द भएको छ । आयोजक गणेशमान सिंह फाउन्डेसनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाईरसको कारण प्रतियोगिता रद्द भएको जनाएको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा आयोजनामा हुने प्रतियोगिता यस अघि चैत १८ देखि २२ गतेसम्म हुने बताईएको थियो ।

तर, विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्ये नजर गर्दै आयोजकले फागुनमा तत्कालको लागि प्रतियोगिता स्थगित गरेको थियो । प्रतियोगिता काठमाडौंको वसन्तपुर डबलीमा हुने तय भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *