एपीएफका खेलाडीहरुको बढुवा

डिसी नेपाल
८ साउन २०७७ ११:५६

काठमाडौं । विभागीय क्लब सशत्र प्रहरी बल (एपीएफ) मा आबद्द विभिन्न खेलका खेलाडी, प्रशिक्षक र रेफ्री गरी २१ जना बढुवा भएका छन् ।

नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी गोपीचन्द्र पार्कीसहित १७ खेलाडी शसस्त्रको जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन् ।

यस्तै बढुवा हुनेमा दुई प्रशिक्षक र दुई रेफ्री रहेका छन् । उनीहरु बढुवाको नियमित प्रक्रिया अनुसार रोलक्रममा बढुवा भएका हुन् ।

गोपीले सागमा एथ्लेटिक्सको ५ हजार मिटर दौडमा नेपाललाई स्वर्ण दिलाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *