प्रिमियर लिगको उपाधी उचाल्ने हेन्डरसन लिभरपुल पहिलो कप्तान

डिसी नेपाल
८ साउन २०७७ १२:४०

काठमाडौं । जोर्डन हेन्डरसन प्रिमियर लिगको उपाधी उचाल्ने पहिलो कप्तान बनेका छन । तर यो ऐतिहासिक पल हेर्न लिभरपुलका समर्थक तथा अन्य समर्थकरु मैदानमा थिएनन । एनफील्ड स्टेडियमका अधिकांस ठाउहरु खाली रहेको थियो जब स्टेडियमको छतबाट आतिशबाजी भयो र आकाशनै रङिचङि भयो ।

इङलिश प्रिमियर लिग फुटबलको गएरातीको खेलमा उपाधी विजेता लिभरपुलले चेल्सीलाई पराजित गरेको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलले चेल्सीलाई ३ का बिरद्ध ५ गोलले पराजित गरेको हो । यसअघि नै उपाधि जितिसकेको लिभरपुलले उपाधी उचाल्नु अघिको खेलमा पनि शानदार जित निकालेको हो । गत महिनामानै उपाधि पक्का गरेको लिभरपुलले ३० वर्षपछि इङलिश प्रिमियर लिगको उपाधी जितेको हो । यसअघिको खेलमा चोट लागेर आराममा रहेका लिभरपुलका क्याप्टेन हेन्डर्सन खेलमा सहभागि हुन नसके पनि उपाधि लिन भने मैदानमा उपस्थित थिए । लिभरपुलले आफ्नो अन्तिम खेल अव न्यूक्यासट्ल सङ्ग खेल्ने छ। प्रिमियर लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेड र वेष्टह्याम वरावरी खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *