निःशुल्क जुनियर फुटबल प्रशिक्षण शुरु

डिसी नेपाल
८ साउन २०७७ १३:१९

विदुर । नुवाकोटमा लकडाउनका कारण विद्यालय जान नपाएका बालबालिकालाई पिपलटार फुटबल क्लबले निःशुल्क जुनियर फुटबल प्रशिक्षण शुरु गरेको छ । विदुर नगरपालिका–५ स्थित पिपलटारमा निर्माणधीन मदन भण्डारी रङ्गशालामा जुनियर उमेर समूहका ३० खेलाडीलाई क्लबले बुधबारबाट नियमित प्रशिक्षण दिने पिपलटार फुटबल क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।

अध्यक्ष पनेरुका अनुसार नुवाकोटमा फुटबल खेलको विकास, प्रर्वद्धन र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षण दिन शुरु गरिएको उनले बताए । “ क्लबले पहिलोपटक जिल्लामा निःशुल्क जुनियर फुटबल प्रशिक्षणको शुरुवात गरेका छौ, स्तरीय प्रतियोगिता खेल्दै राष्ट्रियस्तरको खेल खेल्ने लक्ष्यसाथ जुनियर उमेरका समूहलाई प्रशिक्षण दिइरहेको हौ ।” जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा प्रशिक्षक सन्तोष थापाले बिहान नियमित दुई घण्टा प्रशिक्षण दिनुहुने पिपलटार फुटबल क्लबले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *