श्रीपालीद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

डिसी नेपाल
८ साउन २०७७ १४:०६

काठमाडौं । श्रीलंका महिला क्रिकेट टोलीका तिव्र गतिका बलर श्रीपाली विराकोडिले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषाणा गरेकी छिन । उनले बुधवार जुलाई २२ देखि अन्तराष्ट्रिय क्रिकेटबाट बिदा भएकी हुन ।

सन २००६ मा अन्तराष्ट्रिय क्रिकेटमा श्रीलंकाका लागि डेब्यु गरेका श्रीपालीले ८९ एकदिवसीय ५८ टि–२० अन्तराष्ट्रिय खेलेकी छिन । सो क्रममा उनले एकदिवसीयमा ३५ं.६२ को औसतमा ५८ विकेट र टि–२० अन्तराष्ट्रियमा २९.३२ को औसतमा ३१ विकेट लिएकी छिन ।

श्रीलंकन महिला क्रिकेटमा ओपनिङ बलरको भुमिकामा रहेकी ३४ बर्षीय श्रीपाली तल्लो क्रमको हार्ड हिटर ब्याटसम्यान पनि रहेकी थिईन । उनले आफ्नो एकदिवसीय करियरमा कुल ७२२ रन बनाएकी छिन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *