युएईमा आईपीएलको तयारी सुरु

डिसी नेपाल
८ साउन २०७७ २२:०५

काठमाडौं । यस वर्ष अष्ट्रेलियामा हुने टि २० विश्वकपको स्थगन पछि आईपीएलको तयारी सुरु भएको छ। लिगको बारेमा आधिकारिक निर्णय आईपीएल गभर्निङ काउन्सिलको बैठकमा हुनेछ। बैठकमा छलफल गर्ने तिन ठूला एजेन्डाहरु छन्। जसमा युएईमा लिग सार्ने, फे्रन्चाईजिहरुका लागि कोरोनाको बारेमा गाईडलाईनहरु बनाउने र ब्रोडकास्ट कम्पनीको माग समावेश छन।

बीसीसीआई अधिकारीले दिएको जानकारी अनुसार आईपीएलको गभर्निङ काउन्सिलको बैठकमा यी तीन महत्वपूर्ण एजेन्डामा छलफल हुनेछ।

फ्रेन्चाईजीसंग सम्बन्धित एक अधिकारीले भने, सरकारबाट युएईमा लिग सञ्चालन गर्ने स्वीकृति पाउने बित्तिकै बीसीसीआईले एमिरेट्स क्रिकेट बोर्डलाई सूचित गर्नेछ। जहाँसम्म मलाई थाहा छ बोर्डले प्रतियोगिता छोटो पार्ने छैन। पुरानो ढाँचाकै अनुसार ६० खेलहरू हुनेछन्। प्रत्येक टोलीले १४–१४ खेलहरु खेल्नेछन।

डबल हेडर (एक दिनमा दुई खेलहरू) अनुसार प्रतियोगिता ४४ देखि ४८ दिनसम्म हुनसक्छ। मूल तालिकामा केवल ५ आइतवारहरुमा डबल हेडरहरू थिए। यद्यपि तिनीहरूको संख्या वर्तमान स्थितिमा बढ्न सक्दछ।

युएईमा तीन क्रिकेट स्टेडियमहरू छन्, जसमा आईपीएल खेलहरू हुन सक्छन्। जसमा दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबु धाबीको शेख जायद स्टेडियम र शारजाह मैदान छन। जानकारीका अनुसार बीसीसीआईले टोलीहरूलाई प्रशिक्षण दिन आईसीसी एकेडेमी प्रयोग गर्न सक्छ। आईसीसी एकेडेमीसँग दुई पूर्ण आकारका क्रिकेट मैदानहरू छन्।

एकेडेमीसँग ५७०० वर्ग फुटको आउटडोर कन्डिसन क्षेत्र, ३८ टर्फ र ६ इन्डोर पिचहरू बाहेक एकेडेमी फिजियोथेरापी र चिकित्सा केन्द्र पनि छ। यस्तो अवस्थामा दुबईमा बस्ने टोलीहरूले शुल्क तिरेर आईसीसी एकेडेमीमा प्रशिक्षण लिन सक्नेछन्। यस बाहेक अबु धाबीमा बस्ने टोलीहरूले पनि यहाँ अभ्यास गर्न सक्नेछन, किनभने दुबईदेखि यहाँको दूरी केवल डेढ घण्टा मात्र रहेको छ। यस्तो भएमा धेरै नेट बलरहरू मैदानमा देखिने छैनन्।

आईपीएल गभर्निङ काउन्सिलको बैठकमा प्रसारकसंग प्रतियोगिताको तालिका र समयको बारेमा कुरा हुनेछ। लिगका प्रसारक स्टार स्पोर्ट्सले १६ हजार ३ सय ७४ करोड (भारतीय रुपैया)मा आईपीएल अधिकार प्राप्त गरेको छ। बैठकमा रातीमा हुने खेलको समयको बारेमा छलफल हुन सक्छ। खेलहरू नेपाली समय अनुसार साँझ ८.१५ दुबई समय ६.३० मा वा आधा घण्टा अगाडि आयोजना गर्ने कि नगर्ने बारेमा निर्णय हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *