सुसाइड नोटमा छोरासँग माफी माग्दै मलेसियामा एक नेपाली गरे शरीरमा करेन्ट लगाएर आत्महत्या

डिसी नेपाल
४ भदौ २०७७ १५:३७

काठमाडौँ । मलेसियामा एक नेपालीले आत्महत्या गरेका छन् । केहीदिनअघि मलेसियाको पेनाङमा भोजपुरका बिनोद राईले आत्महत्या गरेका हुन् ।

विगत एक दशकदेखि मलेसियामा कार्यररत राईले एउटा सुसाइड नोट लेखेर आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत नेपालीले बताएका छन् ।

उनले आफ्नै शरीरमा करेन्ट लगाएर आत्महत्या गरेका हुन् । उनको शव प्रहरीको रोहवरमा पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । सुसाइड नोटमा उनले आफ्नो परिवारको खुसी जोगाउन नसकेको भन्दै आफ्ना छोरासँग माफी मागेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *