पौडी खेल्ने क्रममा डुबेर जापानमा नेपाली युवाको मृत्यु

ज्याक खड्का
४ भदौ २०७७ १९:०८

टोकियो । नदीमा  डुबेर जापानमा एक नेपालीको मृत्यु भएको छ । राजधानी टोकियो सिनकोइवास्थित एदोगावा खोलामा पौडी खेल्ने क्रममा डुबेर गुल्मी आँपचौरका त्रिकामणी गैरेको मृत्यु भएको हो ।

जानकारी अनुसार उनको गत १७ अगष्ट सोमबारका दिन पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । उनको शब स्थानीय प्रहरीले खोलाबाट निकालेको थियो । उनको जापानमै दाहसंस्कार गरिने तयारी थालिएको छ ।

मृतक गैरे विगत ५ वर्षदेखि जापानमा रोजगारी गर्दे आएका थिए । गैरे कुककाे काम गर्थे । उनकी श्रीमती पनि जापानमै छिन् ।

उनका नेपालमा २ छोरा छन् । उनीहरु अहिले हजुरआमासँगै बुटवलमा बस्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *