हैदराबादमा नेपालीको शंकास्पद अवस्थामा मृत्यु, त्यही दिन घर फर्किने टिकट थियो

डिसी नेपाल
८ भदौ २०७७ ९:३७

काठमाडौं। भारतको हैदराबादमा एक नेपालीले शंकास्पद रुपमा ज्यान गुमाएका छन् । नेपाल फर्किनको लागि आइतबारको टिकट काटेर शनिबार बेलुकी एक लजमा बसेका उनी आइतबार बिहान मृत अवस्थामा फेला परेको तेलंगना टुडेको समाचारमा उल्लेख छ । समाचारमा उनी नेपाली भएको खुलाइए पनि नेपालमा उनी कहाँका हुन् भन्ने खुलाइएको छैन ।

रिपोर्टअनुसार उनी फास्ट फूड सेन्टरमा काम गर्थे । सिकन्दराबादको एक लजमा उनको शंकास्पद अवस्थामा शव भेटिएको हो । पुलिसका अनुसार २७ वर्षका दिपेन्द्र एलबीनगरस्थित एक फास्ट फुड सेन्टरमा विगत २ महिनादेखि काम गर्थे । केही दिनदेखि उनी बिरामी थिए र उनले स्वदेश फर्किने योजना बनाएका थिए ।

‘दिपेन्द्रले अगष्ट २३ को लागि हौराह जानको लागि टिकट बुक गरेका थिए र सिकन्दराबादको श्री लक्ष्मी लजमा बसेका थिए । बिहान उनी त्यही कोठाको बेडमा मृत अवस्थामा भेटिएका हुन्’ गोपालपुरम पुलिसले भनेको छ । पुलिसले यस विषयमा केस दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ । शवलाई पोस्टमार्टमको लागि पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *