साउदीको रियाद र दमामबाट काठमाडौंका लागि चार्टर्ड उडान तय

डिसी नेपाल
९ भदौ २०७७ १०:१५

रियाद । साउदी अरबबाट काठमाडौंका लागि २ वटा चार्टर्ड उडान तय भएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार राजधानी रियादबाट नेपाल एयरलाइन्स र दमामबाट हिमालय एयरलाइन्सले २६ अगष्ट बुधबारका दिन उडान भर्ने भएका हुन् ।

यसअघि दूतावासबाट विभिन्न मितिमा प्रकाशित सूचिमा नाम समावेश भएर टिकट खरिद र बुकिङ गरेका यात्रुहरुलाई सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । त्यस्तै कोरोनाको संक्रमण नभएको नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा साथमा राख्नुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *