अब विदेशबाट दैनिक ८०० नेपाली फर्काइने, गैरआवासीय नेपालीलाई पनि आउने बाटो खुला

डिसी नेपाल
१५ भदौ २०७७ १९:१४

काठमाडौं । सरकारले अबदेखि विदेशबाट दैनिक ८ सय जनासम्मलाई स्वदेश फर्काउने भएको छ। यसअघि सरकारले दैनिक पाँच सयभन्दा बढी नागरिक नल्याउने गरी अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको थियो। तर आइतबारको मन्त्रिपरिषद् बैठकले उडान संख्या थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

प्रवक्ता खतिवडाका अनुसार बैठकले पर्यटन मन्त्रालयको जिम्मेवारी र जवाफदेहीतामा उडान संख्या, यात्रुको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेशनको उपलब्धताको आधारमा दैनिक ८०० जना नबढ्ने गरी चार्टर र नियमित उडानको माध्यमबाट अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई समेत नेपाल आउन अनुमती दिने निणर्य गरेको छ । गैरआवासीय नेपालीको हकमा भने नेपालमा रहेका एकाघरका परिवारको सदस्य गम्भीर बिरामी रहेको वा मृत्यु भएको अवस्थामा उनीहरुका आफन्तलाई नेपाल आउने अनुमति दिइने र यस्तो अनुमति भने सम्बन्धित मुलुकमा रहेको नेपाली कूटनीतिकि नियोगले दिने व्यवस्था गरिएको छ ।

साथै, सरकारले नेपालमा अध्ययन गर्ने विदेशी विद्यालयलाई पनि सम्बन्धित शिक्षालयको सिफारिसमा नेपाल आउन दिने निर्णय समेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *