‘देखो, वो आ गया !’

डिसी नेपाल
३० भदौ २०७७ ८:४२

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएइ) पुगेका छन् । भर्खरै क्यारेबियन प्रिमियर लिग सकेका सन्दीप अब आइपिएल खेल्नका लागि गएका हुन् । सन्दीपले आइपिएलमा दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गर्नेछन् । सन्दीपका व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दीप ट्रिनडाड एण्ड टोबागोबाट सिधै यूएई गएका हुन् ।

सन्दीप युएइ पुगेसँगै उनको टिम दिल्ली क्यापिटल्सले उनको तस्वीरसहित ट्वीट गरेको छ । दिल्लीले ट्वीटमा लेखेको छ ‘हेर, ऊ आयो । दिल्लीपवालों, सन्दीपको लागि माया देखाऊ ।’ आईपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ । सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *