घाईते क्रिकेट खेलाडीलाई सहयोग गर्न सिप्यानको अनुरोध

डिसी नेपाल
३० भदौ २०७७ १३:३९

काठमाडौं । गत आइतबार कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारी घाईते भएको घटना प्रति क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) स्तब्ध भएको छ । सिप्यानले आज एक प्रेस वक्तव्य जारी गर्दे घाईते ललितलाई काठमाडौंमा ल्याउन तथा उपचारमा सहयोग गर्ने अस्पताल, क्रिकेटर तथा शुभेच्छुक लगायतका सम्पूर्णमा हार्दिक कृतज्ञता ब्यक्त गरेको छ ।

वक्तव्यमा नेपाली क्रिकेट खेलाडीहरुको हकहितका लागि सर्मपित सिप्यानले भण्डारीको उपचारका लागि सम्पूर्ण सहयोग गर्ने प्रतिबद्वता ब्यक्त गरेको छ । साथै सिप्यानले भण्डारीको सहयोगका लागि पहलकदमी लिने जनाउदै सम्पूर्णलाई सहयोग गर्न अपिल गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *