कुस्ती खेलाडीलाई मृत्युदण्ड

डिसी नेपाल
३० भदौ २०७७ १३:५०

काठमाडौं । इरानले कुस्तीका एक खेलाडी नविद अफकरीलाई मृत्युदण्ड दिएको छ । विश्वभरिका ८५ हजार खेलाडी आबद्ध विश्व खेलाडी संघ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले नविदको मृत्युदण्डको सजाय रोक्न अपील गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत नविदलाई लिएर दयाको याचना गरेका थिए ।

सरकारी सञ्चारमाध्यमका अनुसार नविदलाई इरानको दक्षिणी शहर शिराजमा झुण्डयाएर मृत्युदण्ड दिइएको छ । नविदले आफूलाई घटनाको जिम्मेवारी स्वीकार्न यातना दिइएको उल्लेख गरेका छन । उक्त घटनामै उनका भाई वाहिदलाई ५४ वर्ष र हबिबलाई २७ वर्ष जेलको सजाय सुनाइएको छ । नविद इरानमा कुस्तीका राष्ट्रिय विजेता खेलाडी थिए ।

नविदले जेल बसाइको क्रममा गरेको कुराकानीको अडियो समेत सार्वजनिक भएको छ । जसमा उनले आफूलाई यातना दिइएको बताएका छन ।

सन् २०१८ मा सरकार विरोधी प्रदर्शनको क्रममा कुस्ती खेलाडी २७ वर्षीय नविद अफकरीले एक जना सुरक्षागार्डको हत्या गरेको अभियोगमा मृत्युदण्ड दिइएको हो । विश्व खेलाडी संघले सरकार विरोधी प्रदर्शनको क्रममा भएको घटनालाई लिएर खेलाडीलाई लक्षित गर्नु दुर्भाग्य रहेको भन्दै सजाय रोक्न अपील गरेको थियो ।
नविलको सजाय रोक्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले समेत आग्रह गरेको थियो । (गोरखापत्र अनलाइन)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *