ओलम्पियन नयना शाक्यका परिवारै कोरोना संक्रमित

डिसी नेपाल
३० भदौ २०७७ २०:५८

काठमाडौं । ओलम्पियन एवं पूर्व पौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन् । शाक्यसँगै उनका श्रीमान पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । पहिलो पटक परीक्षण गराउँद नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताइन् । घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफुहरुले पिसिआर परीक्षण गराएको शाक्यले बताइन् ।

पहिलो पटक कोरोना नदेखिएपनि पछि आफू, श्रीमान र छोरामा लक्षण देखापरे पछि पुनः परीक्षण गराउँदा तीनै जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको ओलम्पियन शाक्यले जानकारी दिइन् । तीनै जना घरमै आइसोलेसनमा बसिरहेका छन् । सावधानी अपनाउन र सुरक्षित साथ बस्न उनले सबैमा आग्रह गरेकी छन्। शाक्यले आठौं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीमा स्वर्ण पदक जितेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *