नेपालमा फुटबल अनिश्चित बनेसँगै विदेशी खेलाडी घर फर्किन थाले

डिसी नेपाल
३१ भदौ २०७७ १३:०१

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण फुटबलका प्रतियोगिता नहुने पक्का भएपछि विदेशी खेलाडीहरु स्वदेश फर्कन थालेका छन् । कोरोनाको कारण नेपालमा फुटबल अनिश्चित बनेसँगै विदेशी खेलाडी घर फर्किन थालेका हुन् ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा गत चैतको पहिलो साताबाट फुटबलसहित खेलकुद गतिविधि ठप्प रहेको छ ।

लिग विजेता मछिन्द्र क्लबले गत साता आफ्ना दुई विदेशी खेलाडीलाई स्वदेश फर्काइसकेको छ । अर्का खेलाडीलाई पनि चाडै पठाउने तयारी गरेको छ । नेपालमा रहेका २३ विदेशी खेलाडीहरुको भिसा सकिएको र नविकरण गर्नुपर्ने भएको कारण पनि खेलाडी स्वदेश फर्कन थालेका हुन् ।

विदेशी खेलाडीका एजेण्टको रुपमा काम गरिरहेका सुगन तन्डुकारले सरकारले नियम अनुसार तत्कालका लागि कर र जरिवाना तिर्न नपर्ने हुँदा नेपालमा बाँकी रहेका २३ खेलाडी स्वदेश फर्कन लागेको जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *