फिफा वरियतामा नेपाल यथावत

डिसी नेपाल
१ असोज २०७७ १६:४१

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले जारी गरेको नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ । बिहिवार फिफाले जारी गरेको वरियतामा नेपाल यथावत अर्थात १७० औं स्थानमा रहन सफल भएको हो । गत महिनाको फिफा वरियतामा पनि नेपाल १७० औं स्थानमै रहेको थियो ।

दक्षिण एसियाली राष्ट्रहरुमा नेपाल तेस्रो स्थानमा रहेको छ । दक्षिण एसियाली राष्ट्रमा भारत पहिलो रहदै १०९ औं स्थानमा तथा माल्दिभ्स दोस्रो हुदै १५५ औं स्थानमा रहेको छ । फिफा वरियतामा नेपाल भन्दा तल भुटान, बङलादेश, श्रीलंका र पाकिस्तान रहेका छन । फिफा वरियताको पहिलो स्थानमा बेल्जियम यथावत रहेको छ भने फ्रान्स दोस्रो तथा ब्राजिल, ईङल्यान्ड, पोर्चुगल क्रमशः तेस्रो, चौथो र पाचौं स्थानमा रहेको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *