बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा झलमल

डिसी नेपाल
३ असोज २०७७ २२:०८

काठमाडौं। विश्वकै सबैभन्दा अग्लो टावरका रुपमा चर्चित यूएईको दुबईस्थित बुर्ज खलिफामा शनिबार संविधान दिवसको अवसर पारेर नेपालको राष्ट्रिय झण्डा झलमल पारिएको छ। बुर्ज खलिफामा नेपाली समयअनुसरा रातीको १० बजे लाइटिंगको माध्यमबाट नेपाली झण्डा फहराइएको हो।

अबुधावीस्थित नेपाली दूतावासको समन्वयमा नेपाली झण्डा झिलिमिली पारिएको हो। नेपालको मौजुदा संविधान २०७२ असोज ३ गते घोषणा गरिएको अवसरमा संविधान दिवस मनाइएको हो। छैटौं संविधान दिवसका अवसरमा राजधानी काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरियो भने विदेशस्थित कूटनीतिक नियोगमहरुमा पनि संविधान दिवस मनाइएको छ।

संविधानसभालदद्वारा बनाइएको यो संविधानपछि देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको हो। यो नेपाली जनताले आफ्ना लागि आफै बनाएको संविधान हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *