स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण, जिल्ला अस्पतालमा सिल

सिमकोट । हुम्ला जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अनिश्चितकालका लागी सेवा बन्द गर्दै सिल गरिएको छ । कार्तिक २ गते अस्पताले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीे गरी १७ जनाको स्वाब सङ्कलन गरी परिक्षणका लागी सुर्खेत पठाएकामा मङ्गलबार दुई जनामा कोरोना पोजेटिभ देखाएको थियो ।

एक महिला स्वास्थ्यकर्मी र अर्का एक जनामा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक र प्रशुति सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द गर्दै अस्पताल सिल गरिएको अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले जानकारी दिइन्।

सङक्रमित स्वास्थ्यकर्मीको संम्पर्कमा आएका अन्यको खोजी गरेर स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्नु पर्ने भएका कारण अस्पतालालाई केही दिनका लागि सिल गरिएको बताइएको छ ।रासस

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो