क्यान्सर पीडित बालकलाई सहयोग

डिसी नेपाल
८ कार्तिक २०७७ २३:३६

डोटी । क्यान्सरबाट पीडित एक बालकको उपचारका लागि सात्फरी युवा क्लबले आर्थिक सहयोग प्रदान गरेको छ ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–४ सात्फरीका पाँच वर्षीय क्यान्सर पीडित बालक सुजन बमको उपचारका लागि क्लबले रु २३ हजार २८४ आर्थिक सहयोग प्रदान गरेको हो ।

क्यान्सरबाट पीडित भई बिगत तीन वर्षदेखि काठमाडौंको कान्ति बाल अस्पतालमा उपचाररत बालक बमको आफन्तलाई उक्त रकम आज हस्तान्तरण गरिएको क्लबका अध्यक्ष आशिष कुवँरले जानकारी दिए ।

आर्थिक अभावमा पीडित बालकको उपचार नरोकीयोस् भन्ने उद्देश्यले सानो मात्रामा भएपनि आर्थिक सहयोग प्रदान गरिएको उनले बताए। अध्यक्ष कुवँरले भने, “हामीले सबैसँग सहयोग मागेर केही रकम सङ्कलन गरेका थियौँ, हाम्रो सहयोगले बालकको ज्यान जोगियोस् ।”

क्यान्सर पीडित बालकको उपचारमा आर्थिक अभाव भएपछि बुवा गणेश बमले सबैमा सहयोगको अपिल समेत गरेका छन । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘सुजन बचाउ अभियान’ सञ्चालन गर्नुका साथै आफ्नो छोरो बचाइ दिन सबैमा आग्रह गरेका हुन् ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *