नेप्का गाउँले टेलिफोन सेवाबाट वञ्चित
सिमकोट । हुम्लाको चंखेली गाउँपालिका वडा नं ५ नेप्का गाउँका नागरिक वर्षौँदेखि टेलिफोन सेवा पाउनबाट वञ्चित छन् । नेपाल टेलिकमले जिल्लाका अन्य गाउँपालिकाका गाउँमा टेलिफोन सेवा जडान गरे पनि नेप्का गाउँमा सेवा विस्तार हुन सकेको छैन ।
नेप्का गाउँमा टेलिफोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा धेरैपटक हारगुहार गरिए पनि सुनुवाइ नभएको स्थानीयवासी जसबहादुर तामाङ्गले गुनासो पोखे ।तामाङ्गले भने, “गाउँमा टेलिफोन सेवा विस्तार नहुँदा वल्र्डलिंक कम्युनिकेशनले वडा कार्यालयमा जडान गरेको इन्टरनेटबाट आफन्तसँग कुराकानी गर्नका लागि रातभर जागै बस्नुपर्ने बाध्यता छ” ।
टेलिफोनबाट कुराकानी गर्न एक दिनको पैदल हिँडेर गाउँपालिका केन्द्र पुग्नुपर्ने बाध्यता रहेको स्थानीयवासी हर्कदन तामाङले बताए।
गाउँमा रहेको वल्र्डलिंक सेवाबाट पनि दिउँसो सोलार चार्ज भएपछि मात्रै इन्टरनेट चल्ने भएका कारण रातभर जागै बस्नुपरेको हो । वल्र्डलिंकको सेवामा पनि बेलाबेलामा समस्या आउने गरेको स्थानीयवासीको गुनासो छ ।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment