जलविद्युत पत्रकार समाज गठन

डिसी नेपाल
१६ कार्तिक २०७७ २३:५३

कास्की । जलविद्युत क्षेत्रमा कलम चलाउदैं आएका पत्रकारको भेलाले ‘जलविद्युत पत्रकार समाज’ गठन गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आज भएको भेलाले भरत कोइराला(कास्की)को अध्यक्षतामा १३ सदस्यीय समाजको गठन गरेको हो ।

समाजको उपाध्यक्ष दीपक ज्ञवाली (रुपन्देही), महासचिव ज्ञानेन्द्र निरौला (झापा), सचिवमा कृष्ण दवाडी (कास्की) र कोषाध्यक्षमा तारा चापागाईं (कास्की) चयन भएका छन्।
सदस्यमा मिलन विश्वकर्मा (काठमाडौं), बलराम बुढाथोकी (काठमाडौं), अक्कल कुँवर (काठमाडौं), प्रतिक इच्छुक शर्मा(सल्यान) र अनिता घिमिरे (कास्की) छन् ।
अध्यक्ष कोइरालाले आगामी दिनमा देशका अन्य पत्रकार समेत समेटेर जलविद्युत विधालाई छुट्टै पत्रकारिता विधाका रुपमा विकास गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे ।

भेलाले पाँच बुँदे माछापुच्छ्रे घोषणा पत्र समेत जारी गरेको छ, जसमा जलविद्युत क्षेत्रमा समाचार सम्प्रेशण गर्ने पत्रकारको क्षमता अभिवृद्धि गर्ने, जलविद्युतका सम्भावना, चुनौती र प्रवद्र्धनमा सहयोग गर्ने तथा तीनै तहका सरकारलाई जलविद्युत नीति निर्माण गर्ने लगायत छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *