पर्याप्तता-कहिले पुग्छ ?

डिसी नेपाल
२२ कार्तिक २०७७ ७:००
644
Shares

मानिसमा चाहनाहरू हुुनु जन्मजात गुण हो। अनुकूलताको खोजी गर्नु पनि जन्मजात गुण हो। नयाँ नयाँ कुराहरूको खोजी गर्नु र जीवनलाई सरल र सुविधा सम्पन्न गराउने ध्याउन्नले नै मानिसले सभ्य हुन सिकेको हो। मुमुक्षुभावले गर्दा नै मान सभ्यताको विकास भएको हो, अन्वेषणहरू भएका हुन्।

विज्ञानको विकास भएको हो। मानवको सिर्जनशिलता र सर्जक भावनाले नै दर्शन, साहित्य, कला, संस्कृति, धर्म, अर्थ, राजनीति आदि जति पनि विषयगत, विषयहरू छन् । सबैको विकास भएको हो। खोजीमाथि खोजीको निरन्तरताले गर्दा नै मानिसले एउटा नयाँ सभ्य संसारको निर्माण गर्न सकेको हो।

मेसिन, टेलिफोन, इन्टरनेट, स्टेटलाइट प्रणाली, कम्प्युटर, हवाइजहाज, रकेटलगायत कैयन डरलाग्दा माहामारीका खोप, नयाँ नयाँ चिकित्सकीय प्रविधि आदिका साथै कृषि तथा उद्यमहरूमा आधुनिकरण र तकनिकी प्रयोगले उत्पादन तथा वितरण प्रणालीमा पनि चाहेअनुसारको विकास गर्न सक्षम भएको छ। आज विश्व साँगुरिएर एउटा सानो संसारको गाउँमा परिवर्तन भएको छ। सबै मानवहरू कुनै न कुनैरूपमा जोडिएका छौं र अझै जोडिने प्रकृयामा छौं।

विकासले सकारात्मक तथा नकारात्मक असरहरू परेका छन् । प्रकृतिमाथिको अत्यधिक दोहोनले मानव इतिहासको विकासक्रममा एउटा नमेटिने धब्बा स्थापित गरिसकेको छ । यद्यपी हाम्रो विकासको होड भर्खर सुरुवाती अवस्थामा नै छ। कैयौ राष्ट्रहरूले अझै पनि विकासको वास्तविक स्वाद लिन पाएका पनि छैनन्।

हरेक समाज, राष्ट्र एउटा विकासको होडमा छ। अविकसित राष्ट्रहरूलाई विकसित बन्नु छ, विकसितलाई अझ विकसित र अझ सम्वृद्ध बन्नु छ। पृथ्वी मात्रमा गरेको र भएको दिगव दिग्विजयले मानिसलाई पुगेको छैन र कुनै न कुनैरूपमा पृथ्वीको अन्तरीक्षलाई पनि कब्जा जमाउनु परेको छ। पृथ्वीकै पनि सारा समुन्द्रलाई कब्जा जमाउनु छ, अनि पृथ्वीको सतहमात्रको कब्जाले न पुगेर यसका पत्र पत्रहरूमा पनि कब्जा जमाउनु छ।

त्यतिले नपुगेर मनिसलाई पृथ्वीबाट देखिने र नदेखिने आकाशीय पिण्डहरू र ग्रह तथा तारा मण्डलमा पनि पुग्ने होडले कुनै न कुनैरूपमा आफ्नो गति समातिसकेको छ। चन्द्रमाका पत्रहरू करिब करिब छानिइसकेको छ र अब मंगलमा धावा बोल्न शुरुवात गरिएको छ। मंगलपछि अर्को अनि पछि अर्कोमा धावा बोलिनेछ ।

संसारका प्रायः सबै युद्धहरू भएका छन्, नरसंहारहरू भएका छन्, अनि प्रकृतिको दोहन भएका छन्। सबै किसिमका विभेदहरूको जड भनेको धन र शक्तिको दुरूपयोगबाट भएका छन् भने यावत ब्रह्माण्डलाई आफ्नो वशमा ल्याउन गरेका प्रयत्नहरू मात्र छन्। दासत्वदेखि उपनिवेशीकरणका तमाम अमानवीय घटनाहरू शक्तिको प्रदर्शनमा भएका हुन र आज पनि भई नै रहेका छन्।

हुन सक्छ ती ग्रहहरूमा पनि भोलि भागवण्डाको अवस्था आओस् अथवा कब्जा जमाउने क्रममा कुनै युद्धको अवस्थासमेतलाई नकार्न सकिँदैन। अर्थात् समग्ररूपमा हेर्दा यो होडवाजीको क्रम आउँदा शताब्दिहरूमा अझै बढ्ने कुरालाई नकार्न सकिँदैन। अझ प्रष्टसित भन्नु पर्दा यो विकासको अभियानको अन्त्य हुनै सक्दैन, किनकि पर्याप्पता कति हो र कतिले चाहिँ पुग्छ भन्ने कुनै सिमा बन्धन आदि यो संसारमा छँदैछैन।

सम्भावनाहरू पनि असिमित छन्। खोज्ने विषय र विकास गर्ने विषयहरू पनि असिमित छन्। मृत्यु, प्राकृतिक प्रकोप, माहामारीहरू वाहेक र वातावरणको विनासबाट बिग्रिएको पृथ्वी सहतको परिस्थितिको बाहेक प्रायः अरुहरू कुुरामा मान्छेले ठूलै विजय हासिल गरिसकेको छन् र विजयको अभियान पूर्णत जारी पनि छ।

यो असिमित सम्भावनाहरू असिमित प्राप्तिका महत्वकांक्षाले मानिसलाई प्राप्तिमा सुखको अनुभूति दिनु भन्दा पनि अप्राप्तिको दुःखले बढ्ता च्यापेको छ। महत्वकांक्षा यति ज्यादा छ कि मानिसमा कुनै पनि कुराले आनन्द प्राप्तिको अनुभूति नै गर्न नसक्ने र नजान्ने अवस्थमा सिर्जना भएको छ।

चाहनाको असिमिताले गर्दा मानिसका नैसर्गिक गुणहरू–खुसी र सन्तुष्टिहरूलाई अत्याधिक लोभ, मोह, प्रतिद्वन्दिता र असन्तुष्टिको जालोले खर्लप्प छोपेको छ । विचित्रको अपर्यपता अथवा तृष्णाले मानिसहरूको सहज भावनाहरूलाई, सरल प्रवृतिलाई अप्रत्यक्षरूपमा यसरी घेरेको छ कि मानिसमा खुसी हुने पक्ष नै हराएर एउटा यान्त्रिक स्वरूपमा परिवर्तन भइरहेछ । जसको प्रमुख उद्देश्य भनेको प्राप्ति हो र प्राप्ति हो। असिमितताको प्राप्ति जुन यथार्थमा सम्भव हुने विषय वस्तु नै होइन।

यो प्राप्तिको लिप्साले संसारमा कल्पना गर्न सकिने र कल्पना गर्न नै नसकिने वस्तुको खोजीतर्फ आकर्षण गराउन थालेको छ। जसको परिणामस्वरूप सामान्यतया प्रायः सबै मानिसको शान्ति, प्रेम, सहनशिलता, सद्भावना, अपनत्व आदि भावनाहरूमा एक प्रकारको व्यापारिकरणले छाएको छ। अर्थात् यी मानवलाई शान्ति दिने मूलभूत अनुभूतिहरूमा नै प्रश्नचिन्हहरू खडा भएका छन्।

मानिसको मूलभूत स्वरूप सहसम्बन्ध, सहप्रेम, सहयोग, सहअस्तित्व आदिलाई जब दिने र लिने हिसाबबाट हेर्न शुरू गरिन्छ, त्यसबेला सुख र शान्तिको कल्पना गर्नु भनेको स्यालको सिङ खोज्नु वराबरको दुष्प्रयासवाहेक अरु केही हुन सक्दैन। मानिस हरेक कुराको बदला अथवा फिर्ता चाहन्छ।

प्रेमको बदला प्रेम, सहयोगको बदला सहयोग, भावनाको बदला भावना अर्थात् मानिसले जुन कुराको मात्राद्वारा नाप्न सकिदैन त्यही कुराको मात्रात्मक फिर्तिको चाहाना गर्न थालेको छ। जब प्रेमलाई नै मात्रामा तुलना गर्न थालिन्छ, त्यहाँ प्रेम रहेन कुरै रहेन, त्यहाँ त व्यापार, सिर्फ व्यापारको सम्बन्धमात्र बाँकी रहन्छ।

भावनात्मक महशुस र अनुभूतिका कुरालाई मैले दिए बराबरको पाइनँ भन्ने मानसिकतामा जब समाजका सदस्यले मनमनै पनि गुनासो गर्न थाल्दछन्, त्यो समाजमा सुखको कल्पना गर्न सकिँदैन। हरेक मानिस भावनात्मक हिसाबले पूर्णत फरक र नितान्त स्वतन्त्र हुन्छ। कसैको शारीरिक स्वरूपलाई कतै छेकेर राख्न सकिन्छ तर मानिसक उडानलाई न कसैले रोक्न सक्छ न छेक्न सक्छ या कल्पना नै गर्न सक्छ।

तर यथायर्थमा समाजमा सुखलाई छेक्ने सबै भन्दा ठूलो शत्रु भनेको त्यो अदृष्य तर अपरम्पार मुख्य पूँजी प्रेमलाई तुलना गर्ने प्रवृतिको विकास हो। अब कहिले पुग्छ र कति पर्याप्त हो भन्ने विषयलाई भौतिकरूपमा नै मात्रात्मकरूपमा मापन गर्न सकिने विषयहरूसित पनि मात्राकै आधारमा पर्गेल्ने प्रयास गरौं।

सम्पत्ति :  मानिसलाई वास्तवमा कति सम्पत्तिले पुग्छ? कतिचाहिँ प्रयाप्त हो त? आजसम्म संसारमा भएका धनाढ्यमध्ये विरलै कसैले त अब मलाइ पुग्यो भनेको कुनै उदाहरणहरू छन्? जति, थुपार्यो, अझै थुपार्ने तृष्णाले नछोपेका मानिसहरू पाएको इतिहास पनि छैन, वर्तमान पनि छैन र भविष्यमा पनि त्यस्तो मानसिकताको विकास हुने सम्भावना अत्यन्त न्यून छ।

शक्ति :  धन प्राप्तीको तृष्णासँगै जोडिएको अर्को तृष्णा भनेको शक्ति आर्जन, संचय र प्रदर्शन हो। धनसितै मानिसले शक्ति आर्जन गरेको महशुस गर्छ । धनले शक्तिशालीहरूलाई क्रय विक्रय गर्न सकिने भएको हुँदा शक्ति केन्द्रहरू धन केन्द्रतर्फ सधै तालायित रहन्छन्। धन र शक्ति आर्जनकै तृष्णाले संसारका प्रायः सबै युद्धहरू भएका छन्, नरसंहारहरू भएका छन्, अनि प्रकृतिको दोहन भएका छन्।

सबै किसिमका विभेदहरूको जड भनेको धन र शक्तिको दुरूपयोगबाट भएका छन् भने यावत ब्रह्माण्डलाई आफ्नो वशमा ल्याउन गरेका प्रयत्नहरू मात्र छन्। दासत्वदेखि उपनिवेशीकरणका तमाम अमानवीय घटनाहरू शक्तिको प्रदर्शनमा भएका हुन र आज पनि भई नै रहेका छन्।

संसारमा आज भइरहेको हतियारको होडवाजी, सैन्य शक्तिको होडवाजी, अझ विकासका नाममा भएका र हुने होडवाजीहरू सबै शक्ति प्रदर्शनकै नमूनाहरू हुन्। जति पनि युद्धका घटनाहरू भए, भइरहेका छन् र अनि हुनेछन्, सबै शक्ति, प्राप्ति अथवा प्रदर्शनसँगै सम्बन्धित छन् या हुनेछन्।

कति शक्ति आर्जन भएपछि शक्तिको होड समाप्त हुन्छ त? शक्ति प्रदर्शन एक प्रकारको माहारोग हो, जसले अरुहरूको शक्तिलाई नामेटका लागि प्रयत्न गर्छ र शक्ति नहुनेहरू माथि शोषण गर्छ। अरु शक्तिशालीहरूसित द्वन्दको नाममा निमुखाहरूको संहार गर्छ।

राजनीति : शक्तिमा पुग्ने धनजस्तै अर्को खुट्किलो भनेको राजनीति हो। मूलरूपमा राजनीतिको मुख्य उद्देश्य भनेको राज्यमा अमनचयन कायम गर्ने र गराउने र समाजको विकास गर्ने, शक्ति स्थापना गर्ने, सुशासन कायम राख्ने हो। अर्थात् राजनीतिज्ञको उद्देश्य भनेको दिने हो तर संसारमा दिने राजनीतिज्ञ भनेको अत्यन्त नै कम भएका छन्। वास्तवमा राजनीतिको मूल स्वरूप नै फेरिएको छ।

प्रजातान्त्रिक अभ्यास नहुने राष्ट्रको राजनीति एउटा दमनको मात्र नीति भएको हुँदा उनीहरूको मुख्य ध्याउन्न भनेको आफू सत्तामा टिकी राख्ने र जनताहरूलाई अदृश्य बन्धन, त्रासमा अल्मल्याएर तिनै जनताको दमन गर्नेमात्र रहन्छ। त्यसो हुँदा उनीहरूलाई जति धेरै शक्तिको आवश्यकता अरु कसैलाई हुँदैन। आजपनि त्यस्ता कूलिन अथवा स्वनिर्मित शासकहरूको संसारभरी राम्रै प्रतिनिधित्व छ।

प्रजातान्त्रिक अभ्यासद्वारा शक्तिमा पुग्नेहरूको उद्देश्य र व्यवहार पनि त्यही कूलिन वर्गको सिर्जना गर्ने र साशन सत्तामा टिकी रहने नै रहेको छ। संसारको राजनीतिक परिवेशमाथि विश्लेषण गर्ने हो भने स्वतः शक्ति हस्तान्तरणका उदाहरणहरू नगन्यरूपमा भेटिन्छन्।

साहित्य सिर्जनामा पनि पर्याप्तता भन्ने अथवा यति भए पुग्छ भन्ने स्थिति कहिल्यै पनि आउन सक्दैन । यो मनका उफानले बाध्ने तानाबुना हो, जुन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा समाजको अवस्थाको रूपरेखा हो । तर रूपरेखा कस्तो बनाउने भन्ने कुरो सर्जक स्वयंले प्रष्ट्याउन नसक्ने पनि हुन सक्छ। सिर्जना समयसिमामा बाँधिदैन तसर्थ साहित्य, कला, संस्कृति र अनुसन्धान पनि कहिल्यै पर्याप्त हुनै सक्दैन।

अथवा सत्तालिप्सा अर्को माहारोग हो जसले आफूवाहेक अर्को सक्षम हुनै दिँदैन। अथवा सकेसम्मको प्रयत्नले अरुलाई दवाउन चाहन्छ र शक्तिमा टाँसी रहन चाहन्छ। कति शक्तिले मानिस सन्तुष्ट हुन्छ त्यसको कुनै सिमाना छैन। कति अवधिसम्म भन्ने पनि कुनै सिमाना छैन, कतिले पुग्छ भन्ने पनि कुनै लेखाजोखा गर्न सकिने अवस्था छैन।

मान, सम्मान, ज्ञान, सिर्जना, सिद्धान्त, दर्शन, साहित्य, विज्ञान, अविस्कार आदि सकारात्मक पहलहरूमा पनि ठीक उस्तै प्रकारका तृष्णा, अतृप्त अभिलाषा र कहिल्यै नमरिने र पूरा नहुने रोगहरू विद्यमान रहन्छन्। मान र सम्मानको अभिलाषाचाहिँ शक्ति संचय र अहंतालाई बदलिने पक्षसित सिधै गाँसिएका छन्।

मान, सम्मानबाट सिर्जित शक्तिले मानिसलाई ममत्याइँको शिखरतर्फ उन्मूख गराएर– अझ तृष्णा थप्ने काम एकतर्फ गर्छ भने अरु पाउने इच्छा झन वलवित हुन जान्छ । जसरी धन, शक्ति, सत्ता, सामर्थ प्राप्तिको तृष्णा कहिल्यै भरिदैन त्यसैगरी मान सम्मानको पर्याप्तताले असन्तुष्ट भएको मानिसको इतिहास र वर्तमान पनि विरलै छन्।

मूर्तरूपमा र अमूर्तरूपमा दिनेमात्रै विकल्पहरू भएका सिर्जनशीलताको पहलहरू मध्येमा ज्ञान प्राप्ति र वितरणलाई सर्वोत्तम मानिन्छ। तर वास्तविक ज्ञान भनेको के हो ? यसको सिमा कति हो? र प्राप्त गर्ने मूल सत्य के हो? प्रष्ट अनुभूति र अनुभव भएका मानिस यो संसारमा कोही छन् र? हरेकले आ–आफ्नै ढंगले ज्ञानको परिभाषा गर्न सकिने भएको हुँदा ज्ञान प्राप्ति र वितरणबाट न ज्ञानी सन्तुष्ट भेटिन्छन् न वितरणबाट कसैका घैटामा घाम लागेका घटना छन्।

ज्ञानको मतलब, सबैकुराको चूरो थाहा पाउने र सन्तुष्ट रहने र अरुलाई पनि सन्तुष्ट पार्ने तत्वसार हो। तर त्यो तत्वसार भेटेर सन्तुष्ट भएका मानिस आजको वर्तमान अवस्थामा कोही छन् त? सिर्जना, सिद्धान्त, दर्शन, साहित्य, विज्ञान, अविस्कार आदि सकारात्मक पक्षका तृष्णाहरूको पनि अन्तिम विन्दु र पर्याप्तता ठम्याउने न कुनै आधार छ न कुनै धरातल नै छ।

कुनैपनि सिद्धान्त विवादरहित हुनै सक्तैन, कुनै पनि दर्शन सम्पूर्णरूपमा सत्य हुनै सक्दैन किनभने यिनीहरूलाई सबैले स्वीकार गर्नु पर्ने वाध्यताकारी बनाउन सकिँदैन। हरेक चेतनशील मान्छेले आफ्नै किसिमले व्याख्या र विश्लेषण गर्ने अधिकार राख्छन् र स्थापित सिद्धान्त र दर्शनको आफ्नै व्याख्या गर्न सक्छन्।

विज्ञान र अविस्कारको अन्तिम किनारा नै हुँदैन। असिमित सम्भावना भएका विषयले मुमुक्षता भने बढाउँछ र पर्याप्त कति हो, कतिले चाहिँ पुग्छ भन्ने सवाल स्वतः असवाल बन्न पुग्छ। कतिचाहिँ पर्याप्त हो भन्ने कुरालाई कसैले न हिजो जानेको थियो, न आज जानेको छ र न भोलि नै जान्दछ। यो असन्तोषले सन्तोषको बाटो खोज्ने माध्यममात्र हो र तर विज्ञान र अविष्कारको आदि र अन्त्य भने छँदैछैन र हुनु पनि हुँदैन।

साहित्य सिर्जना र अनुसन्धानको पनि कुनै सिमाना हुनै सक्दैन। कति सिर्जनाचाहिँ पूर्ण हो त? अथवा कति अनुसन्धानचाहिँ पूर्ण अनुसन्धान हो त? तसर्थ पर्याप्तता अथवा कतिले पुग्छ भन्ने सवाल सिर्जना साहित्यमा र अनुसन्धान विधामा पनि लागू हुन सक्दैन। जति भए पनि साहित्य कहिल्यै पूरा लेखनी गरेर सकिदैन । मनसँग, भावनासित, सम्बन्धित कुराहरूलाई न मात्रामा तुलना गर्न सकिन्छ।

त्तेजना खोज्ने क्रममा भएका र भइरहेका सामाजिक विरूपता सबैले देखेकै कुरा हो, रतिरागताको अतृप्तताले पोलेर भएका पारिवारिक र सामाजिक विखण्डनमात्र होइन ठूला ठूला युद्धहरू, गृहकलहहरू पनि जाने सुनेकै कुरा हुन्। हरेक सम्बन्धीले अर्को सम्बन्धीलाई तैले मैले दिए जति अर्थात् खोजेको जति प्रेम, माया र सद्भाव दिइनस्, पाइन– भनेर पोख्ने गरेका गुनासाले नभरिएका सामान्यतया कुनै परिवार नै छैनन्। यसो हुनुमा कुनै व्यक्ति विशेषको कमी अथवा कमजोरीले नभइकन हरेक मानिसको जतिले पनि नपुग्ने, भोग तृष्णा, लालसा र भोकरूपी आन्तरिक विरह मनमा विचरण गराउनाले हो।

न योचाहिँ सत्य अथवा असत्य, वा योचाहिँ पूर्ण अथवा योचाहिँ उत्कृष्ट योचाहिँ काम नलाग्ने भन्न नै सकिन्छ। आलोचना, समालोचना, समाजले दिने स्वीकृति, अस्वीकृति आफ्नै ठाउँमा छन्, कुनै सिर्जना जुगौंसम्म जीवित रहन्छन्। कुनै सिर्जना नभइकन मनभित्रै तुहिन्छन्। तर कसैको पनि भावनात्मक परिस्थितिलाई मूल्याङ्कन गर्न भने सम्भव छैन।

साहित्य सिर्जनामा पनि पर्याप्तता भन्ने अथवा यति भए पुग्छ भन्ने स्थिति कहिल्यै पनि आउन सक्दैन । यो मनका उफानले बाध्ने तानाबुना हो, जुन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा समाजको अवस्थाको रूपरेखा हो । तर रूपरेखा कस्तो बनाउने भन्ने कुरो सर्जक स्वयंले प्रष्ट्याउन नसक्ने पनि हुन सक्छ। सिर्जना समयसिमामा बाँधिदैन तसर्थ साहित्य, कला, संस्कृति र अनुसन्धान पनि कहिल्यै पर्याप्त हुनै सक्दैन।

मूलरूपमा न त भौतिक पदार्थ र वस्तुको पर्याप्तता मानिसलाई कहिल्यै हुन्छ अथवा पुग्यो भन्ने अवस्था कहिल्यै आउँछ न त तृष्णाको जालोबाट मानिसको दिमाग र मन मुक्त हुन नै चाहन्छ। प्राप्ति र प्राप्तिमात्र मानिसको परमा धेय भएको छ र त्यो प्राप्तिको भाँडो जति भरे पनि भरिदै भरिँदैन। अझ अलिक अधकल्चो भरिएकाहरूको ता तृष्णा अझ बढी नै दृढ र बलवति हुन्छ। अर्धो घटो धोष भुपैतिनानम–अर्थात् आधा भरिएको भाँडो अझ बढी छछल्किन्छ ।

यो जगमा अतृप्तताको पीडा जति धेरै हुन्छ, ती नहुनेहरू, अर्थात् जसको लोभको भाडो नै खाली छ, तिनलाई त्यो मधुविषको आसक्तिमात्र छ। भोग्न पाएको नहुनाले पीडाको तिव्रता तृष्णाको वेगले डरलाग्दो रूप लिइसकेको हुँदैन। तसर्थ सामान्य नागरिकहरू शक्ति र धनको तुजुकवालाहरू भन्दा कम लोभी र कम पापी हुन्छन्।

ती सामान्य नागरिक पनि पद, प्रतिष्ठा, शक्ति, धन आदि प्राप्तिको अवस्थामा असामान्य नै हुन्छन् , त्यही अतृप्तिका दास नै हुने हुन्। यस परिवेशमा हेर्ने हो भने तृष्णाको रोगले कसैलाई पनि छोड्दैन। जति भएपनि भौतिक पदार्थको तृष्णा कमी हुनुको साटो वृद्धिमात्र हुन्छ।

यही जति भर्दा पनि नभरिने अतृप्तताको रोग मानिसको भावनात्मक पक्षमा पनि, संवेदनशीलताको पक्षमा पनि, उत्तेजनाको पक्षमा पनि, प्रेमका सम्बन्धमा पनि, रोग, रागात्मक सम्बन्धमा पनि विस्तारै विस्तारै सर्न थालेको छ। माथि उल्लेख गरिसकिएको छ कि अब मानिसले प्रेमको मूल्य खोज्न थालेका छन्।

प्रेमको मूल्य? अमूल्यको मूल्य खोज्नु भनेको मूल्याङ्कन होइन, अवमूल्याङ्कन हो। प्रेमलाई व्यापारिकरण गरिन थालिनुको कारणले नै समाजबाट शान्ति भागेको हो। परिवारबाट शान्ति गायव भएको हो। यो सारा पृथ्वीमा भएका मानवहरूमा एकै किसिमले लागू हुन्छ। कुनै सीमा नै नभएका अथवा मनले निर्धारण गर्ने कुराहरूको अतृप्ततालाई तृप्ति स्वयं आफ्नो मनले मात्रै दिन सक्छ।

उत्तेजना खोज्ने क्रममा भएका र भइरहेका सामाजिक विरूपता सबैले देखेकै कुरा हो, रतिरागताको अतृप्तताले पोलेर भएका पारिवारिक र सामाजिक विखण्डनमात्र होइन ठूला ठूला युद्धहरू, गृहकलहहरू पनि जाने सुनेकै कुरा हुन्।

हरेक सम्बन्धीले अर्को सम्बन्धीलाई तैले मैले दिए जति अर्थात् खोजेको जति प्रेम, माया र सद्भाव दिइनस्, पाइन– भनेर पोख्ने गरेका गुनासाले नभरिएका सामान्यतया कुनै परिवार नै छैनन्। यसो हुनुमा कुनै व्यक्ति विशेषको कमी अथवा कमजोरीले नभइकन हरेक मानिसको जतिले पनि नपुग्ने, भोग तृष्णा, लालसा र भोकरूपी आन्तरिक विरह मनमा विचरण गराउनाले हो।

सारांशमा भन्नुपर्दा–संसारमा पर्याप्तता कति हुँदा हुन्छ भन्ने कुनै रूपरेखा बनाउने कुनै आधार  छैन। जति पनि भौतिक उपलब्धि प्राप्त भए पनि ती उपलब्धिहरू न्यून नै हुन्छन्। किनकि मानिसमा असिमितताको चाहाना हुन्छ । जुन प्राप्त हुन सक्ने सम्भावना नै छैन।

जे रोप्यो त्यही फल्ने नियमअनुसार प्रेम रोपेपछि प्रेम नै फल्छ, शान्ति छरेपछि, शान्ति नै मौलाउँछ । समाजलाई आफूले जस्तो आँखाले हे-यो समाजले पनि उस्तै आँखाले हेर्छ। यो आरीको घरी हुने कुरो  होइन । यसमा सर्ने सन्था सनै सन्था सनै पर्वत लङधनको सिद्धान्त लागू हुन्छ।

त्यसैगरी भावनात्मक, मनले र तनले अनुभव गर्ने कुराहरूको पनि कुनै मात्रा, तिव्रता र मापन छैन तसर्थ मानिसलाई कहिल्यै पनि प्रेमको भोक जति पाए पनि कम लाग्ने मात्र होइन, पाउँदै, पाइदैन भने भावले थिच्न छोड्दैन। त्यसकारण मानिस न कहिल्यै धन, शक्ति, ज्ञान, मान, प्रतिष्ठा, यस, कीर्ति, सिर्जना आदिले तृप्त भएको आनन्दमय भएको महशुस नै गर्न चाहन्छ ।

किनकि जति प्राप्त गरे पनि आफूले प्राप्त गरेकोलाई कम नै देख्छ र अरुले प्राप्त गरेकोलाई चाहिँ अन्य देख्छ। तुलना नहुने परम सत्यलाई तुलना गर्ने कोसिस गरेपछि मानिसले आफूभित्र नै रहेको परम शान्तिमय भावालाई अशान्त बनाउँछ। अनि स्वजातीय महान गुण भाव प्रेममा पनि शंका गर्न थाल्छ। यथाभाव तथा कमी सिद्धान्तले नजानिदो हिसाबले मानिसमा शंकाको विजारोपण गराउँछ अनि जहाँ शंका हुन्छ, त्यहाँ अशान्ति बढ्नु स्वभाविक प्रकृया बन्न जान्छ।

यसो हुनबाट जोगिनको लागि बाह्य जगतमा भने उपायहरू उपलब्ध छैनन्। किनकी सबै प्रकारका परिवेश परिस्थितिहरूलाई तृष्णाको जालाले छपक्क छोपेको छ । हरेकलाई एउटै माहारोग लागेको छ–मलाइ चाहियो, मैले पाइन, मलाइ दिइएन–अनि म चाहिँ के कम, मैले खोजेको नदिनेलाई मैले चाहिँ किन दिने आदि भावनाले मनमा घर बनाएपछि जोसँग जे छ, त्यही दिने हो सिद्धान्तले आफ्नो विरासत
भिजाउँछ।

एक अर्थमा भन्नु पर्दा प्राप्तिको अभिलाषाले गर्दा भएको पनि क्षीण भइरहेको थाहै हुँदैन। तसर्थ मैले के पाएँ र पाइन भन्ने सोच्नु्भन्दा पनि मसित जे छ त्यसलाई कसरी अरुमा दिन सक्छु, कसरी अरुबाट प्राप्तिको ऋणलाई उतार्न सक्छु भन्ने भावनाको वृद्धि गरी त्यसअनुरूप व्यवहार गर्न थालेकै क्षण स्वयंमा र जगतमा प्रेमले गरिएको देख्न थालिन्छ।

वास्तवमा मनन गर्नु पर्ने मुख्य विषय भनेको भौतिक बस्तु–धन, शक्ति, मान, प्रतिष्ठा आदिबाट अथवा कामादि भावहरूबाट जति भए पनि चित्त पनि बुझ्दैन, मनपनि भरिदैन, शान्ति पनि प्राप्त हुँदैन। उद्यमशीलता, सिर्जनशिलता, प्रेमभावहरूलाई निरन्तरता दिँदा जे प्राप्त हुन्छ, त्यसलाई सहर्ष स्वीकार गरी जीवनलाई धन्य सम्झियो भने वास्तवमा जीवन पुलकित रहन्छ।

सबै जो छन् जगतमा सबैले आफूलाई प्रेम वर्षाएको अनुभव हुन थाल्छ र अरुले पनि त्यस्तै महशुस गर्न थाल्दछन् । यस्तै भावनाको विकासले समसुख दुखानामको भावना जागृत हुने हो, वशुधैव कुटुम्वकम्को भावना जाग्रित हुने हो। बाँचाैं र बाच्न देउको भावना जाग्रित हुने हो।

अरुसित आफ्नो तुलना, आफ्नो, जीवन साथीको तुलना, आफ्ना सन्तान, नाता, कर कुटुम्वहरूको तुलना गर्ने प्रवृति दुःखको एउटा प्रमुख कारक हो। हरेक प्राणीको जीवन प्रकृया र प्रकृति फरक छ । त्यसैगरी हामी मानिसहरू पनि सबै रूपमा गुणमा समान हुँदा हुँदै पनि चेतनाका स्तरमा हरेक सित फरक छौ र त्यो फरक हुनु भनेको हाम्रो पहिचान हो।

फरक जीवन प्रकृया र अस्तित्व भएका एकले अर्कासित तुलना गरेर होइन उसले। अर्काले जीवन प्रकृयामा अपनाउका अनि अनुकरणीय व्यवहार छन् भने त्यसको अनुसरणले प्रतिष्पर्धा होइन सह अस्तित्व र सहानुभूतिको विकास हुन्छ। प्रेमको विकास हुन्छ। आफूमा पनि प्रेम फष्टाउँछ र अरुमा पनि त्यो फष्टाएको प्रेमले शितलता प्रदान गर्छ, शान्ति प्रदान गर्छ।

जे रोप्यो त्यही फल्ने नियमअनुसार प्रेम रोपेपछि प्रेम नै फल्छ, शान्ति छरेपछि, शान्ति नै मौलाउँछ । समाजलाई आफूले जस्तो आँखाले हे-यो समाजले पनि उस्तै आँखाले हेर्छ। यो आरीको घरी हुने कुरो होइन। यसमा सर्ने सन्था सनै सन्था सनै पर्वत लङधनको सिद्धान्त लागू हुन्छ। अर्थात् यो विस्तारै विस्तारै फैलने र झाँगिने विषय वस्तु हो तसर्थ प्रेमापेक्षीले, शान्तिकामीले पगपग छामेर हिड्नु पर्छ, शब्द शब्द तौलिएर बोल्नु पर्छ ताकि आफ्ना खुट्टा कसैसित नजुधोस् र आफ्नो वाणीले अर्काको चित्त नदुखाओस्। आफूजस्तै अरुलाई पनि देख्न थालेपछि स्वतः इष्र्या भाव हराउँछ।

सबै जो छन् जगतमा सबैले आफूलाई प्रेम वर्षाएको अनुभव हुन थाल्छ र अरुले पनि त्यस्तै महशुस गर्न थाल्दछन् । यस्तै भावनाको विकासले समसुख दुखानामको भावना जागृत हुने हो, वशुधैव कुटुम्वकम्को भावना जाग्रित हुने हो। बाचाैंँ र बाच्न देउको भावना जाग्रित हुने हो। ।। शुभम् ।।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *