जिम्बावेका पूर्व कप्तान एल्टन चिगुम्बुराद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट अवकाश लिने घोषणा

डिसी नेपाल
२३ कार्तिक २०७७ १४:३९

काठमाडौं । पाकिस्तानसँगको श्रृंखला पछि जिम्बावेका पूर्व कप्तान एल्टन चिगुम्बुराले अन्तर्राष्ट्रिय क्रिकेटबाट अवकाश लिने घोषणा गरेका छन। रावलपिन्डीमा नोभेम्बर १० मा हुने पाकिस्तान बिरूद्धको टी–२० उनको अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ। जिम्बावे टोली हालका दिनहरूमा पाकिस्तान भ्रमणमा रहेको छ। उनी हाल जिम्बावे टी–२० टोलीका सदस्य रहेका छन्। चिगुम्बुराले आफ्नो १६ बर्षको क्रिकेट करियरमा २१३ एकदिवसीय खेलहरु खेलेका छन, सो क्रममा उनले २५.२३ को औसतमा चार हजार ३ सय ४० रन बनाएका छन। उनले एकदवसीयमा क्रिकेटमा ५.९१ को इकोनोमी दरमा १०१ विकेट पनि लिएका छन्।

टेस्ट क्रिकेटको १४ खेलमा उनले २१.०७ को औसतमा ५ सय ६९ रन बनाएका छन। टी–२० को ५५ खेलमा १९.४० को औसतमा उनले ८ सय ७३ रन बनाएका छन। उनले ६२ खेलमा टोलीको कप्तानको भुमिका निर्वाह गरेका छन्। उनी ब्याट्सम्यानका साथै टिमका मध्यम गतिका बलर पनि रहेका छन्। जिम्बावे टोलीमा उनी राम्रो पावर हिटर ब्याट्सम्यानका रुपमा पनि परिचित छन । सन २००४ मा उनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। २०१५ मा उनले पाकिस्तान र भारत विरुद्धको खेलमा शतक बनाएका थिए ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *