अनुष्का गर्भवती हुँदा विराटलाई पितृत्व बिदा
काठमाडौं । भारतीय कप्तान विराट कोहलीलाई भारतीय क्रिकेट बोर्डले आस्ट्रेलिया बिरुद्धको पहिलो टेस्ट पछि पितृत्व बिदा दिएको छ । कोहली अष्ट्रेलिया विरुद्वको बाँकी ३ टेस्ट खेलहरु खेल्न पाउने छैनन । किनकि उनी जनवरीको पहिलो हप्तामा सन्तान जन्माउन लागेकि उनकी पत्नी अनुष्का शर्मासँग रहनेछन्।
बीसीसीआईका सचिव जय शाहले भने, “विराट कोहलीले एडिलेडमा पहिलो टेस्ट पछि भारत फर्कने योजनाको बारेमा बीसीसीआईलाई जानकारी गराईसकेका छन।” भारतीय कप्तानलाई बीसीसीआईले पितृत्व बिदा प्रदान गरेको छ। उनी अष्ट्रेलिया बिरुद्ध एडिलेडमा हुने पहिलो टेस्ट खेलेर भारत फर्कने छन। भारतले ३ एकदिवसीय, ३ टी–२० अन्तर्राष्ट्रिय र चार टेस्ट खेलको सिरीजका लागि अष्ट्रेलिया भ्रमण गर्देछ। सिरीज २७ नोभेम्बरमा सुरु हुनेछ जबकि टेस्ट श्रृंखला १७ डिसेम्बर देखि एडिलेडमा खेलिने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment