सबैभन्दा धेरै नेपाली कामदार रहेको कम्पनीमा २५०० जना संक्रमित, आधा कारखाना बन्द

डिसी नेपाल
१३ मंसिर २०७७ १७:१५

काठमाडौं। रबरका पञ्जा बनाउने विश्वकै सबैभन्दा ठूलो कम्पनी टप ग्लभका २ हजार ५ सय कर्मचारी कोरोनाभाइरसबाट संक्रमित पाइएपछि कम्पनीले आफ्ना आधा भन्दा धेरै कारखाना बन्द गरेको छ ।

यो कम्पनीमा काम गर्ने कामदारमध्ये सबैभन्दा धेरै कामदार नेपाली छन् । बीबीसीका अनुसार मलेसियाको टप ग्लभले २८ कारखाना बन्द गरेको छ । महामारी सुरु भएसँगै यो कम्पनीका उत्पादनको माग अत्याधिक बढेको थियो । यससँगै कम्पनीमा कामदारलाई अत्याधिक काम लगाइएको आरोप पनि लागेको थियो ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले सोमबार टप ग्लभका कारखाना र कर्मचारी आवास रहेको क्षेत्रमा भाइरस संक्रमण अत्याधिक फैलिएको बताएको थियो । मन्त्रालयका अनुसार ५ हजार ८ सय कामदारको स्क्रिनिङ गरिएको थियो जहाँ २ हजार ४५३ जना पोजेटिभ पाइएका छन् । मलेसियामा टप ग्लभका ४१ वटा कारखाना छन् जहाँ सबैभन्दा बढी नेपाली कामदार छन् जो अत्याधिक भिडभाडयुक्त होस्टेलमा बस्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *