कुवेतमा बसोवास अनुमतिको नियम उल्लंघन गरेका विदेशीले फेरि अनुमति लिन पाउने

डिसी नेपाल
१८ मंसिर २०७७ १३:१४

काठमाडौं। कुवेतमा बसोवास अनुमतिको म्याद गुज्रिइसकेपछि पनि अनुमति नवीकरण नगरी त्यहीँ बसेर नियम उल्लंघन गरेका विदेशीहरुले फेरि बसोवास अनुमति लिएर त्यहीँ बस्न पाउने भएका छन् । कुनेतको आन्तरिक मामिला मन्त्रालयले डिसेम्बर महिनाभरी पुनः अनुमति लिन चाहने विदेशीहरुलाई प्रक्रिया पुर्याएर अनुमति दिने भएको छ ।

अरब टाइम्स अनलाइनका अनुसार यसरी पुनः अनुमति लिन चाहने विदेशीहरुले पहिले नियम उल्लंघन गरेवापत निश्चित जरिवाना तिर्नुपर्नेछ । सरकारले हरेक दिन एक गभर्नोरेटमा ४ सय जनाका दरले ६ गभर्नोरेटमा दैनिक २ हजार ४ सय जनाको नयाँ बसोवास अनुमतिको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । यसका लागि छुट्टै वेबसाइट पनि बनाइएको छ जहाँबाट विदेशीहरुले पहिल्यै बारकोड लिएर आफ्नो कामको लागि कार्यालयबाट पालो लिन पाउनेछन् ।

स्वास्थ्य सुरक्षाका कारण र भीडभाड हुन नदिन यसरी पहिल्यै पालो लिन मिल्ने व्यवस्था गरिएको बताइएको छ । यी सबै प्रशासकीय कार्यालयहरु एक खास नेटवर्कबाट एक अर्कासँग जोडिएका हुनेछन् र तत्कालै सूचना आदान प्रदान गर्न सक्नेछन् । कुवेतका करिब १ लाख ३० हजार गैरकानुनी रुपमा बसेका विदेशीहरुमध्ये ४० हजार जनाले यो अवधिमा वैध बसोवास अनुमति लिने अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *