जापानमा नेपाली सवार कार दुर्घटना, एकको मृत्यु, दुई घाइते

ज्याक खड्का
१९ मंसिर २०७७ १३:४२

टोकियो । जापानमा नेपाली सवार कार दुर्घटना भएको छ । होक्काईदोको कितामी शहरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने कारमा सवार अन्य दुई जना घाइते भएका छन्।

दुर्घटनामा सिन्धुपाल्चोकका विरेन्द्र तामाङको मृत्यु भएको हो । दुघर्टनामा गम्भिर घाइते भएका उनलाई तुरुन्तै अस्पताल पुर्याइएको थियो । उनको उपचारको क्रममा दुई घण्टापछि अस्पतालमा मृत्यु भएको थियो।

कार विहीवार अपरान्ह साढे ३ बजे दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीका अनुसार कार सडक किनार देब्रेपट्टिको सडक चिन्हमा ठोक्किएर दुर्घटनामा परेको हो । कार विरेन्द्र आफैंले चलाएका थिए। तामाङ विवाहित रहेको बुझिएको छ।

घाइते हुनेमा घिमिरे थरकी एक नेपाली महिला र विनोद विष्ट रहेका छन् । उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ । प्रहरीका अनुसार आसाहिकावाबाट नाकासिबेचुतर्फ जाँदै गर्दा उनीहरु सवार कार दुर्घटनामा परेको थियो। घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *