अमेरिकाले भोलि सकिन लागेको टिपिएसको म्याद थप्यो, १५ हजार नेपालीले लाभ पाउने

डिसी नेपाल
२३ मंसिर २०७७ १२:५७

काठमाडौं। अमेरिकाको सिटिजनशिप एण्ड इमिग्रेसन सर्भिसेजले टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधाको म्याद थपेको छ । यसअघि भोलि अर्थात डिसेम्बर ९ मा सकिने पूर्वनिर्धारित टिपिएस सुविधाको म्याद २०२१ को अक्टोबर ४ सम्मका लागि थपिएको हो । यो सुविधा टिपिएस सुविधा लिएर अमेरिकामा बस्दै आएका नेपालसहित एल साल्भाडोर, हाइटी, हन्डुरास, निकारागुवा र सुडानका नागरिकको हकमा लागू हुनेछ ।

२०७२ को महाभूकम्पपछि अमेरिकाले नेपालीहरुलाई टिपिएसको सुविधा दिएको थियो । यो सुविधा लिएर अमेरिकामा १५ हजार नेपाली बस्दै आएका छन् । टिपिएस सुविधा खारेज गर्ने ट्रम्प सरकारको निर्णयविरुद्ध नेपालीहरुले अदालतमा दिएको आवेदनमा अमेरिकामा १५ हजार नेपाली टिपिएस सुविधा लिएर बसिरहेको उल्लेख थियो । यो सुविधाबारे विस्तृतमा जान्न चाहनेले अमेरिकाको सिटिजन एण्ड इमिग्रेसन सर्भिसेजको वेबसाइटमा गएर विस्तृत जानकारी लिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *