अष्ट्रेलियाले दियो भारतलाई १ सय ८७ रनको लक्ष्य

डिसी नेपाल
२३ मंसिर २०७७ १६:०५

काठमाडौं। तेस्रो तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा घरेलु टिम अष्ट्रेलियाले भारतलाई जितका लागि १ सय ८७ रनको लक्ष्य दिएको छ।

सिड्नीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनायो । अष्ट्रेलियाका लागि दुई जना खेलडिले अर्धशतकीय पारी खेले । म्याथ्यु वेडले सर्वाधिक ८० रन बनाउँदा ग्लेन म्याक्सवेलले ५४ रन बनाए। यस्तै स्टिभ स्मिथले २४ रन जोडे। भारतका वासिंटन सुन्दरले २ विकेट लिदा टी नटराजन र युजभेन्द्र चाहलले समान १ विकेट लिए।

अष्ट्रेलिया भ्रमणमा रहेको भारतले तीन खेलको टी२० सिरिजमा एक खेल अगावै सिरिज जितिसकेको छ । भारतले तेस्रो खेल जित्दै क्लिन स्विप गर्नचाहान्छ। यस्तै अष्ट्रेलिया एक खेल भने प्रतिष्ठाको लागि क्लिन स्विपबाट जोगिन चाहान्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *