साउदी अरबमा नेपाली आप्रवासीले मनाए अन्तर्राष्ट्रिय आप्रवासी दिवस

डिसी नेपाल
४ पुष २०७७ २३:३७

रियाद। अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा प्रवासी नेपाली समन्वय समिति साउदी अरबले साउदी अरबको राजधानी रियादमा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ।

प्रवासी नेपाली समन्वय समिति साउदी अरबका संयोजक नारायण पासवानको सभापतित्वमा आयोजित कार्यक्रममा रियादस्थित नेपाली दूतावास रियादका श्रम सहचारी जीवन कुमार राईले नेपाली दूतावासमा थोरै मात्रामा कर्मचारी रहेकाले कार्यसम्पादनमा समस्या हुने गरेको बताए। तर पनि नेपाली श्रमिकहरुका लागि दूतावास अहोरात्र खटिरहेको उनको भनाइ छ।

करिब ३ लाख नेपाली श्रमिक रहेको साउदी अरबमा कोभिड १९ अर्थात कोरोना भाइरसका कारण आइपर्ने विभिन्न समस्याहरु समाधान गर्नुपर्ने भएकाले नियामित गर्नुपर्ने कामसमेत गर्न नपाएको उनको भनाइ थियो।

राईले कोरोनाको समयमा आइपरेका समस्याहरु सहजीकरणमा सहयोग नगर्ने कम्पनीहरुले माग प्रमाणीकरणमा कडाइ गरिनेसमेत बताए। उनले नेपाली श्रमिकहरुले आफूले काम गरेको कम्पनीका म्यानेजरको सम्पर्क नम्बर धेरै महत्वपूर्ण हुने भएकाले सबैले आ आफ्नो साथमा राख्न आग्रहसमेत गरे।

कार्यक्रममा उपस्थित विभिन्न संघ संस्थाका व्यक्तिहरुले आगामी आउने दिनहरुमा नेपाली श्रमिकहरुमाथि आइपर्ने विभिन्न समस्या र समधानको बारेमा छलफल तथा सुझाव राख्दै समस्यामा परेका व्यक्तिहरुलाई प्रथामिकताको आधारमा सहयोग गर्न संयोजक पासवानलाई सुझावसमेत दिएका थिए।

प्रवासी संयोजक नारायण पासवानले उपस्थित सबै जनालाई धन्यवाद ब्यक्त गर्दै साउदी अरबमा नेपाली श्रमिहरुको हकहितका लागि अहोरात्र खटिरहेको र आगामी दिनहरुमा पनि निरन्तर लागिपर्ने बताए। पासवानले वास्ताविक पीडित पहिचान गरेर मात्रै सहयोग गरिरहेकाले कुनै पनि व्यक्तिले नक्कली पीडित भएर आफूलाई झुक्याउन नसक्ने बताए। पछिल्लो समयमा साउदी अरबमा नेपाली श्रमिकहरुले जानी जानी विभिन्न बहान गरेर समस्या परेको भन्दै सहयोगको अपिल गर्ने गरेको धेरै भेटिएको उनले बताए।

कोरोना महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई नेपाल फर्काउन प्रवासी नेपाली समन्वय समितिले एनआरएनएसँगको समन्वयमा सहयोग गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *