कुवेतमा नेपाली श्रम सहचरी विपनाको २७ वर्षको अल्पायुमै निधन

डिसी नेपाल
७ पुष २०७७ १७:०७

काठमाडौं। कुवेतका लागि नेपाली श्रम सहचरी विपना ज्ञवालीको २७ वर्षको अल्पायुमै निधन भएको छ । गएको साउनमा कुवेतको लागि नेपाली श्रम सहचरीको जिम्मेवारी पाएर कुवेत पुगेकी विपनाको ब्लड क्यान्सरका कारण निधन भएको हो । करिब ३ साता अघिदेखि बिरामी परेकी विपनाको स्वास्थ्य परीक्षण गर्दा उनीमा अन्तिम स्टेजको ब्लड क्यान्सर देखिएको थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीट गर्दै दिवंगत विपनाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । विपना ज्ञवाली ५ वर्षअघि पाँच वर्षअघि शाखा अधिकृत नियुक्त भएकी थिइन् । आफूलाई कम्भीर प्रकारको स्वास्थ्य समस्या भएको जानकारी पाएपछि उनलाई मानसिक रुपमा ठूलो धक्का लाग्यो जसले उनी कोमामा पुगिन् । कोमामै उपचारको क्रममा बिहीबार उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई काठमाडौं ल्याएर आइतबार दाहसंस्कार गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *