नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा यस वर्षको सम्मान तथा पुरस्कार घोषणा

डिसी नेपाल
७ पुष २०७७ २०:२९

काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको प्रतिभा सम्मान तथा पुरस्कारको घोषणा गरेको छ ।

यस वर्ष जनकपुरधामका वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद डा राजेन्द्र विमललाई ‘प्रतिभा सम्मान’ र तेह्थुमकी युवा कवयित्री विमला तुम्खेवालाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ ।

प्रतिभा सम्मान पाउने स्रष्टालाई ताम्रपत्र र ५० हजार नगद तथा प्रतिभा पुरस्कार पाउने स्रष्टालाई एक लाख नगद र ताम्रपत्र प्रदान गरिनेछ ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा यस वर्षको (सन् २०२०) प्रतिभा सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । वरिष्ठ…

Posted by नेपाली प्रतिभा प्रतिष्ठान बेलायत on Monday, December 21, 2020




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *