एनआरएनएको चुनावमा देखिएका विकृति सुधार गर्ने प्रयास गरिरहेका छौंः आईसीसी महासचिव डा शर्मा – Dcnepal

एनआरएनएको चुनावमा देखिएका विकृति सुधार गर्ने प्रयास गरिरहेका छौंः आईसीसी महासचिव डा शर्मा

वाशिंटन डिसी। एनआरएनए आईसीसीका महासचिव डा हेमराज शर्माले डिसी नेपालसँग कुरा गर्दै आगामी जनवरी २३र २४ मा हुने बिशेष साधारण सभाका एजेन्डा र तयारी बारे बृहत जानकारी दिएका छन्। संस्थामा आएका अनेक बिकृतिहरु खास गरी निर्वाचन प्रक्रिया र सदस्यता बन्ने तथा बनाउने कुरामा देखिएका बिकृतिलाई सच्याउन अहिलेको आईसीसी परेको उनले बताए।

सदस्यता शुल्क नराखेर विश्वभर एनआरएन जोड्ने योजनामा रहेको उनले बताए। उनले सदस्यता शुल्क लिने व्यवस्थाको दुरुपयोग भएकोसमेत दावी गरे। उनले केही मानिसले अर्थ परिचालन गरि सदस्यहरुको भोट दुरुपोयोग गरेको बताए। उनले भने, केहि साथीहरु जती राम्रो काम गरे पनि निहुँ खोज्ने र बिपरित बाटोमा हिँड्न खोजेका छन्।

एनसीसी अमेरिकाको सन्दर्भमा उठाइएका प्रश्नको जवाफ दिने क्रममा उनले एनसीसी अमेरिका अन्य ८१ वटा एनसीसी जस्तै एक भएको भन्दै हेर्ने दृष्टिकोण पनि एउटै रहने बताए।

सदस्यतालाई व्यवस्थित गर्न, चुनावमा विश्वासनियता बढाउन अब आईसीसी कुनै पनि हालतमा एमआईएस पद्धतिमा जाने र अमेरिका पनि जानुपर्ने उनको जिकिर छ। एमआईएस पद्धतिलाई चाहिँने सबै कुरा अमेरिकालाई हस्तान्तरण गरिसकेको र उनीहरुले राखेको २६ वटा प्रश्न सबैको उत्तर पनि दिइसकेको उनले बताएका छन्। अब पनि आलटाल गरे अमेरिकि एनसीसी कारबाहीको भागिदार हुन सक्ने उनको भनाइ छ।

विधानलाई आफू खुशी प्रयोग गरेको आरोपमा विधान व्याख्या समितिले अस्पस्ट बुँदालाई व्याख्या गर्ने, त्यो समितिमा अत्यन्त सक्षम र सही पात्र रहेको उनको भनाइ छ। आईसीसी भित्र केहि मत बिभाजन भए पनि आफूहरु एक रहेको भन्दै डा. शर्माले नेपालका राजनीतिक पार्टीको आड भरोशा छ भन्ने जिज्ञासालाई पनि खण्डन गरेका छन्। अहिलेकै अवस्था रहेमा भविस्यमा कुनै पदमा दावी नगर्ने तर सदस्यता र चुनाव प्रणालीमा सुधार आएमा अर्को जिम्मेवारीमा जाने इच्छा उनले जनाएका छन्।

डिसी नेपालबाट सञ्चालित कार्यक्रम ूजस्ताको तस्तैू मा नुन चिनी पानी अमेरिकाका अभियन्ता अर्जुन दाहालसँगको कुराकानीको भिडियो पनि यहाँ राखिएको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो