कोरोनाका कारण पर्चुगलमा तनँहुका २७ वर्षीय युवाको निधन

डिसी नेपाल
१५ पुष २०७७ ११:३६
192
Shares

काठमाडौं। युरोपको पोर्चुगलमा एक नेपाली युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। निमोनियाका बिरामी रहेका तनँहुका २७ वर्षीय ती पुरुषको पोर्चुगलको लिस्बन शहरमा निधन भएको हो।

कोरोनाका कारण पोर्चुगलमा ज्यान गुमाउने उनी दोस्रो नेपाली हुन्। त्यहाँको स्वास्थ्य महानिर्देशनालयका अनुसार पोर्तुगलमा २९ वर्षमुनिको उमेर समूहमा कोरोनाका कारण ज्यान गुमाउने उनी नवौं व्यक्ति हुन् भने १९–२९ बर्ष समुहमा छैठौं व्यक्ति हुन्।

उनी यसै बर्ष पोर्चुगल गएका थिए। कोरोनाका कारण पोर्चुगलमा २९ डिसेम्बरमा मात्रै ७४ जनाको ज्यान गएको छ भने ३३ सय ३६ जना नयाँ संक्रमित फेला परेका छन्।

पोर्चुगलमा कोरोना संक्रमणका कारण हालसम्म ६ हजार सात सय ५१ जनाले ज्यान गुमाईसकेका छन भने संक्रमितको संख्या ४ लाख २ पुगेको छ। त्यस्तै तीन लाख २७ हजार सात सय ९४ जना संक्रमित मुक्त भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *