कुर्दिस्तानमा गुरूङ समाजले मनायाे ल्हाेसार

डिसी नेपाल
१८ पुष २०७७ ९:५३
312
Shares

काठमाडौं । तमु ल्होसारको अवसर पारेर गुरुङ समाज कुर्दिस्तानले कार्यक्रम सम्पन्न गरेको छ। कामको सिलसिलामा विदेशमा पुगेका गुरुङ समुदायका व्यक्तिहरुले कुर्दिस्तानमा पनि शुभकामना आदान प्रदान कार्यक्रम  गरेका हुन्।

गुरुङ समाज कुर्दिस्तान सुलेमानीका अनुसार भेलाले लालकाजी गुरुङको अध्यक्षतामा समिति पनि गठन गरेको छ। जसको उपाध्यक्षमा कल्पना गुरुङ, कोषाध्यक्षमा सुरेस गुरुङ, शर्मिला गुरुङ, सचिवमा भेषबहादुर गुरुङलाई चयन भएका छन्। यस्तै, सहसचिवमा विध्या गुरुङलाई चयन गरिएको छ।

आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्नु र विदेशमा रहेकालाई एकताबद्ध बनाई राख्ने मुख्य उद्येश्य राखेको समाजको सल्लाहकारमा यलेक्स गुरुङ, राजन गुरुङ, खिमु गुरुङ रहेका छन्।

यस्तै समाजको सदस्यहरुमा निर्मला गुरुङ, बिना गुरुङ, बिनोद गुरुङ, अमन गुरुङ, सन्जु गुरुङ, अनुस्का गुरुङ, मीना तमु, डम्बर गुरुङ, दिप गुरुङ, सिसम क्रोमजे गुरुङ, जुन गुरुङ, पासाङ गुरुङ, सगुन गुरुङ, सोम गुरुङ रहेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *