नेकपा विभाजनको प्रभाव जापानको प्रवासी मञ्चमा पनि
टोकियो। नेपालको सत्तारुढ दल नेकपामा भएको विभाजनको प्रभाव जापानको प्रवासी नेपाली मञ्चमा पनि देखिएको छ। जापानमा नेकपा (ओली) निकटहरुले प्रवासी नेपाली मञ्च जापानको नयाँ कार्य समिति गठन गरेका छन्।
जूममार्फत भएको भेलामा प्रवासी नेपाली मञ्चको भावी नीतिबारे संगठनका कुलचन्द्र खरेलले प्रकाश पारेका थिए। जूममार्फत आइतबार भएको भेलाले प्रवासी नेपाली मञ्च जापानको अध्यक्षमा सुरेस केसी र सचिबमा सरोज कँडेललाई चयन गरेको छ।
बाँकी कार्य सहमतिलाई दुई जानाको सहमतिमा पूर्णता दिइने सहमति भएको प्रवासी नेपाली मञ्च जापानका नेता कुलचन्द्र खरेलले बताए। प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गरेपछि नेकपा दुइ गुटमा विभाजन भएकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment