न्युजिल्यान्डको नयाँ वाणिज्यदूतमा आत्मराम खनाल

डिसी नेपाल
२० पुष २०७७ १४:०७

काठमाडौं। नेकपाका न्युजिल्यान्ड संगठन प्रमुख आत्मराम खनाललाई पहिलोपटक अकल्याण्ड, ओईकाटो र नर्थल्याण्ड क्षेत्रबाहेकको अवैतनिक वाणिज्यदूतको जिम्मेवारी दिइएको छ। लामो समयदेखि न्युजिल्याण्डमा बस्दै आएका पेशाले इन्जिनियर खनाल न्युजिल्याण्डमा वाणिज्यदूतको जिम्मेवारी पाउने नेपाली मूलका पहिलो व्यक्ति हुन्।

यसअघि नेपाल सरकारले पहिलोपटक सगरमाथा आरोहण गर्ने सर एडमण्ड हिलारीकी कान्छी श्रीमती जुन हिलारीलाई अवैतनिक वाणिज्य दूतको जिम्मेवारी दिएको थियो। लामो समयदेखि काम गर्दै आएकी उनले उमेर र स्वास्थ्यका कारण समय दिन नसक्ने भन्दै खनाललाई अकल्याण्ड, ओईकाटो र नर्थल्याण्ड क्षेत्रबाहेकको वाणिज्यदूत तोकिएको हो।

करिब १२ हजार नेपाली बसोबास गर्दै आएको न्युजिल्यान्डमा नेपाली राजदूतावास छैन। नेपाली राजदूतावास नभएको कारण अस्ट्रेलियाले न्युजिल्यान्ड हेर्ने गर्छ र वाणिज्य दूतावासले भीसा र पासपोर्टको काम गर्ने गर्छ।

नेपालीको संख्यात्मक वृद्धि हुँदैजाँदा न्युजिल्याण्डमा राजदूतावास नभएकोले सरकारी कामकाजका लागि खनाललाई अवैतनिक वाणिज्य दूतको जिम्मेवारी दिइएको जनाइएको छ। वाणिज्यदूत नियुक्तिमा राजदूतावासको सिफारिस र परराष्ट्रको मन्त्रिस्तरीय निर्णय आवश्यक पर्छ।

फुटको संघारमा रहेको नेकपा र आफू निकटलाई पद सुम्पने हतारोका कारण पनि फटाफट नियुक्ति भइरहेको परराष्ट्रका जानकार बताउँछन्। खनालले नियुक्तिपछि नेकपाको भातृसंगठन ओभरसीज नेप्लीज युनाइटेड फोरम (ओएनएफ)को न्युजिल्यान्डको अध्यक्ष पद भने त्यागेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *