मुगुमा ११.३ मिलिमिटर हिमपात

डिसी नेपाल
२० पुष २०७७ १२:४६

काठमाडौं। पश्चिमा वायुको प्रभावले देशका पश्चिमी भागका उच्च हिमाली क्षेत्रहरुमा हिमपात भएको छ। कर्णाली प्रदेशका हुम्ला, डोल्पा, मुगु र सुदुरपश्चिम प्रदेशका उच्च हिमाली जिल्लाहरुमा विहानैदेखि हिमपात भइरहेको छ।

मुगुमा ११.३ मिलिमिटर हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विहान ८ बजेको रेकर्ड अनुसार मुगुमा उक्त हिमपात रेकर्ड भएको हो।

हाल पश्चिमी वायुमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावका कारण धरै जसो भूभागमा हिमपात, वर्षा र बदली रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो प्राणली पुष २२ गते बुधबारसम्म रहेने छ। त्यसपछि कमजोर हुँदै जाने छ।

महाशाखाले भनेको छ, ‘सोमबार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका उच्च पहाडी भाग र हिमाली भागमा हिमपात हुनेछ भने अन्य ठाउँमा हल्कादेखि मध्ययम वर्ष र बदली रहेने छ।’

यस्तै, पुष २१ गते वाग्मती, प्रदेश १ र प्रदेश २ का धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बदली, वर्ष र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा केही गिरावट आइ देशैभरी चिसो भढ्ने छ। यस्तै, तराईँका जिल्लाहरुमा हुस्सु कुहीरो र सितलहरको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टामा पश्चिम तराईमा बदली रहेको र हुस्सु नभएको बताइएको छ। यस्तै मध्य तराईमा पनि बदली कायम रहेको छ। भने पूर्वी तराईका केही स्थानमा लागेको हुस्सु, कुहीरो दिनभर रहने पूर्वानुमान महाशाखाले जनाएको छ।

हिमाली जिल्लाहरुमा भएको हिमपातले जनजीवन कष्टकर बनाएको छ। हिमपातका कारण चिसो बढेपछि त्यहाँको जनजीवन कष्टकर हुँदै गएको हो। हिमाली जिल्लामा हिमपात र तराईका जिल्लामा हुने सितलहरका कारण चिसो मौसममा जनजीवन कष्टकर हुने गर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *