मुम्बईमा एक नेपालीको चार ताले बिल्डिंगबाट खसेर मृत्यु

डिसी नेपाल
२१ पुष २०७७ २३:३७

मुम्बई । मुम्बईको कल्याण शहरमा एक नेपाली युवाको चार ताले बिल्डिङको छतबाट खसेर मृत्यु भएको छ । यो घटना आत्महत्या, दुर्घटना अथवा हत्या के हो भन्ने खुलेको छैन् । प्रतक्षदर्शीको अनुसार मृतक व्यक्तिको कुनै विवाद नभएको र व्यवहारले सोझा थिए । त्यसकारण यो आत्महत्या न भइ दुर्घटना हुनसक्ने अनुमान रहेको छ ।

उनीसंग बस्ने साथिले जानकारी दिए अनुसार सोमबार राति १२ बजे लोकेशले मदिराको नसामा सुत्नका लागि बिल्डिंगको छतमा जादैँ गर्दा उनी बिल्डिंगबाट तल खसेका हुन् । १५ दिन पश्चात पोस्टमार्टम रिपोर्ट आउने र उक्त घटनाको कारण हत्या हो कि आत्माहत्या रिपोर्टले जानकारी दिने प्रहरीले जनाएको छ ।

दैलेख जिल्ला चामुण्डा विन्द्रासैनी नगरपालिका वडा ९ , निवासि ३० वर्षीय लोकेश खड्काकाे मृत्यु भएकाे हाे । उनी रोजगारीको शिलशिलामा मुम्बईमा बसोबास गर्दै आएका थिए। एक महिना पहिला उनी नेपाल बाट रोजगारीका लागि भारत फर्किएका हुन। महाराष्ट्र मुम्बईमा कोरोना कहर र लकडाउनको तालाबन्दीले रोजगारी गुमाएका लोकेशले १५ दिन पहिला नै नयाँ ठाउ लाईभ जिमखानामा सरसफाइ कार्य गर्दै आएका थिए।मुम्ब ईमा बस्ने ठाउ न भएको कारणले उनलाई उनकै साथि किसान रोकायाले आफु बस्ने बिल्डिंगमा बस्ने व्यवस्था गरेका थिए।

घटनाको जानकारी पाउन साथ यस स्थानीयले मुम्बई पुलिसलाई जानकारी दिएका थिए। खबर गरेको केही समयमा पुलिस र एम्बुलेन्स घटना स्थलमा पुगी कल्याण शहरको रुकमणि अस्पतालमा लगिएका लोकेशलाई डाक्टरले उनलाई मृत घोषित गरेका थिए।

आफन्तले जानकारी दिए अनुसार लोकेशका परिवारमा गर्भवती श्रीमती र २ छोरा छन। मृतकको रुकमणि अस्पतालमा पोस्टमार्टम गरि मंगलबार दिउस चक्की नाका शमशान भुमिमा हिन्दु रितिरिवाज अनुसार अन्तिम संस्कार गरिएको थियो। मुम्बईमा सक्रिय संघ संस्था र सामाजसेवी व्यक्तिहरुको सहयोगले उनको अन्तिम संस्कार गरिएको हो। जसमा अखिल भारत नेपाली एकता मञ्चका कल्याण डोम्बिवलि उल्लासनगर अध्यक्ष कमल सुजि, ने ज स पश्चिम भारत क्षेत्रिय विभाग सदस्य प्रेम बि क, समाज सेवि शंकर बि क, हाम्रो नेपाल हामी नेपालीका बम बहादुर शाही, मुम्बईको स्थानिय समाचार पत्रिका मिडिया वार्ता न्युजका नेपाली पत्रकार अशोक शाही र दर्पण राज रोकाया सहित थुप्रै युवाहरुको उपस्थित रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *