मगर संघ कुर्दिस्तान शाखाले माघे संक्रान्ति मनाउने

डिसी नेपाल
२३ पुष २०७७ १६:४२
56
Shares

कुर्दिस्तान। ‘भेषभुषा ,भाषा ,धर्म संस्कृतीको संरक्षण एवम् बिश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता’ भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल मगर संघ शाखा कुर्दिस्तान शाखाको आयोजनामा माघे संक्रान्ति (माघ्या सकराटी)को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ।

यसअघि नेपालबाट कलाकारहरुलाई बोलाएर भव्यरुपमा माघे संक्रान्ति मनाउने गरे पनि यो पटक भने कोरोना महामारीका कारण स्थानीय कलाकारहरुको साथमा माघे संक्रान्ति मनाइने नेपाल मगर संघ शाखाका महासचिव धुर्ब आले मगरले जानकारी दिए।

जनवरी १५ शुक्रबारदेखि सुरु हुने उक्त कार्यक्रममा कुर्दिस्तानका स्थापित सम्पूर्ण संघ, संस्थाहरु ,मिडियाकर्मी, नेपाल मगर संघ केन्द्र र केन्द्रको मातहतमा रहेका सम्पूर्ण भातृसंस्थाहरु, बैदेशिक संगठनहरु, बुद्धिजीवी, अग्रजहरुलगायत देश विदेशमा छरिएर रहेका सम्पूर्ण नेपालीभाषीलाई कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *