दुल्लु नगरपालिकामा अब राजश्व अनलाइनबाटै बुझाउन सकिने

डिसी नेपाल
२३ पुष २०७७ २१:३८

दैलेख। दैलेखको दुल्लु नगरपालिकामा अब अनलाइन भुक्तानी प्रणालीबाट राजश्व संकलन गरिने भएको छ। दुल्लु नगरपालिकाले आफ्नो क्षेत्रभित्र हुने राजश्वको असुली कार्य अनलाइन भुक्तानी प्रणालीबाट गर्न लागेको हो। यसका लागि नगरपालिका र इसेवा फोन पे प्रालिसँग बिहीबार काठमाडौंमा सम्झौता भएको छ। नगरपालिकाका तर्फबाट नगरप्रमुख घनश्याम भण्डारी र कम्पनीका आधिकारिक प्रतिनिधी युवराज विष्टबीच सम्झौता भएको हो।

नगरपालिकाका सेवालाई अनलाइन प्रणालीमा आवद्ध गराउन राजश्व भुक्तानी प्रणालीलाई समेत समावेश गरिएको नगरप्रमुख भण्डारीले बताए। उनले नागरिकले घरबाटै राजश्व भुक्तानी गर्न सहज बनाउनका लागि प्रविधिको प्रयोग गरिएको बताए। उनले नगरपालिकाका केही दुगर्म र टाढाका वस्तीका सेवाग्राहीले राजश्व तिर्न दुल्लु आउनुपर्दा राजश्वभन्दा बाटो खर्चमा धेरै रकम खर्च गर्नुपरेकाले अब त्यस्तो समस्या नहुने बताए।

दुल्लु नगरपालिकाले वडा तथा नगरपालिका कार्यालयबाट प्राप्त गरिने सिफारिसलाई अनलाइन प्रणालीमा मार्फत प्रदान गर्ने भएको छ। नगरपालिकाले ‘सिफारिस’ नामक सफ्टवेयर निर्माण गरि तत्कालै कार्यान्वयनमा ल्याउन लागेको नगरप्रमुख भण्डारीले बताए।

‘‘नगरपालिका तथा वडा कार्यालयबाट सिफारिस लिनका लागि कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गरि घरमै सिफारिस प्राप्त गर्न सकिने वातावरण सिर्जना गर्न लागिएको हो’, प्रमुख भण्डारीले भने, ‘प्रविधिमैत्री नगरपालिका निर्माणसँगै नागरिकलाई सेवा प्रवाहमा सहज बनाउन सिफरिस सफ्टवेयर तत्काल सञ्चालनमा ल्याउने अन्तिम तयारी भएको छ भने इसेवा फोन पे आजैबाट सुचारु भएको छ।’

‘सिफारिस’ सफ्टवेयर सञ्चालनमा आएपश्चात नगरपालिकाका नागरिकले आवश्यक फारमहरु अनलाइन प्रणाली मार्फत भरेर चाहिएको सिफारिस प्राप्त गर्न सक्नेछन् भने त्यसबापतको राजश्व इसेवा फोन पेमार्फत भुत्तानी गर्न सक्ने नगरप्रमुख भण्डारीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *