बेलायती सेनाका पूर्वप्रमुखको एक चौथाई सम्पत्ति गोर्खा ट्रस्टलाई
काठमाडौं। बेलायती सेनाका पूर्व ‘डिफेन्स स्टाफ चिफ’ लर्ड एडविन ब्रामलले आफ्नो सम्पत्तिको एक चौथाई सम्पत्ति गोर्खा वेल्फेयर ट्रस्टलाई दान गरेका छन्। बेलायती पत्रिका डेली मेलले दिएको जानकारी अनुसार उनको चार लाख ८६ हजार दुई सय ५९ पाउण्ड मूल्य बराबरको सम्पत्तिमध्ये एक हिस्सा अर्थात् एक लाख २१ हजार ५६४ पाउण्ड गोर्खा वेलफेयर ट्रष्टलाई दिएका हुन्।
गत वर्ष नोभेम्बरमा निधन भएका ब्रामले निधन हुनु केही महिना अघि मात्र मृत्युपश्चात आफ्नो सम्पत्तिको २५ प्रतिशत हिस्सा गोर्खा वेलफेयर ट्रष्टलाई दिनको लागि विल अर्थात् इच्छापत्र गराएका थिए। यसैगरी बाँकी तीन हिस्सामध्ये ह्याम्पशायरको अल सेन्ट चर्चलाई एक हिस्सा र बाँकी दुई हिस्सा भविष्यमा जन्मिने उनका पनाति–पनातिनाको लागि छुट्याएका छन्।
रकम प्राप्त गर्नको लागि आवश्यक कागजी प्रक्रिया अगाडि बढेको गोर्खा वेलफेयर ट्रष्टले जनाएको छ। सन् १९८५ मा सेनाबाट रिटायर्ड भएका लर्ड ब्रामलले आफ्नो सेवा अवधिमा १० वर्ष गोर्खा राइफलमा बिताएका थिए। गोर्खा वेल्फेयर ट्रस्टका एक संरक्षकसमेत रहेका लर्ड ब्रामलको ९५ वर्षमा मृत्यु भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment