जापानमा दुई नेपालीको निधन

डिसी नेपाल
२६ पुष २०७७ १७:३६

टोकियो। एकजना नेपालीको जापानमा निधन भएको छ। कास्कीको सरागंकोटका ३५ वर्षीय सन्दीप तुलाचनको निधन भएको हो। परिवारसहित खाना खाएर सुतेका सन्दीप बिहान अचेत भएका थिए।

त्यसपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धी गौचनले दिएको जानकारी अनुसार सन्दीपलाई अस्पताल पुर्याए पनि आइतबार बिहान सवा ५ बजे उनको अस्पतालमै निधन भएको हो।

तुलाचनको मृत्यु हृदयघातका कारण भएको चिकित्सकहरुले बताएका छन्। कुक भिषामा १२ बर्ष अघि जापान आएका सन्दीप श्रीमतीसहित बस्दै आएका थिए।

यसैबिच सन्दीपको जापानमा नै दाहसंस्कार गरिने भएको छ। अध्यक्ष गौचनका अनुसार आगामी १८ तारिखमामा खावासाकीमा रहेको एक शव दाहगृहमा दाहसंस्कार गर्ने तय भएको छ।

शवदाह गर्न स्थान अभावका कारण हप्तादिनपछि मात्र गरिने भएको गौचनले जानकारी दिए।

यस्तै शनिबार पनि जापानको सिजुओखा प्रिफेक्चरमा नेपाल बागलुङ जिल्ला गलकोट नगरपालिका घर भएका ३८ बर्षिय पूर्ण बहादुर खत्रीको ब्रेन हेम्रेजका कारण उपचारकै क्रममा निधन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *