न्यूयोर्कमा ट्रेनबाट ओर्लिएपछि बेपत्ता भएका नेपाली युवा १३ दिन बितिसक्दा पनि भेटिएनन्

डिसी नेपाल
१९ माघ २०७७ १०:५१

काठमाडौं। अमेरिकाको न्यूयोर्क शहरमा १३ दिनदेखि बेपत्ता भएका नेपाली युवा अझै भेटिएका छैनन् । न्यूजर्सी राज्यको ड्रिउ विश्वविद्यालयमा अध्ययनरत २२ वर्षका नेपाली युवा अजय साहको खोजी भइरहेको अधिकारीहरुले बताएका छन् । जनवरी १९ देखि सम्पर्कविहीन भएका साह हराएकोबारे विश्वविद्यालयले मंगलबार सार्वजनिक रुपमा जानकारी दिएको थियो ।

पिक्स इलेभेनका अनुसार साह विश्वविद्यालयका जुनियर र मेडिसन क्याम्पसका आवासीय सहायक हुन् । उनी पछिल्लो पटक जनवरी १९ मा न्यूयोर्कको पेन स्टेशनमा न्यूजर्सी ट्रान्जिट ट्रेनबाट ओर्लिएको देखिएका थिए । त्यसपछि उनी कसैको सम्पर्कमा छैनन् । स्कुल प्रशासनले उनी हराएको २ दिनपछि मात्रै यसबारे जानकारी पाएको थियो र अहिले स्थानीय प्रशासन, अजयका दाजु तथा साथीहरुसँग उनलाई खोज्ने काममा सहकार्य गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *